जुनुलाई १२ लाखको घर हस्तान्तरण « Khabarhub

जुनुलाई १२ लाखको घर हस्तान्तरण


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाँचथरको याङ्वरक–३, ओयामकी जुनु राईका लागि १२ लाख रूपैयाँमा घर निर्माण गरिएको छ ।

शारीरिक अपाङ्गता भएकी उनका लागि एक तले पक्की घर निर्माण गरिएको हो । जुनु विवाहिता हुन् । जन्मजात शारीरिक अपाङ्गता भएकी उनको दुवै खुट्टा छैनन् । २७ वर्षीया उनको ५ र ३ वर्षका दुई छोरी छन् ।

ओयाम बजारमै निर्माण गरिएको घर जुनुलाई शुक्रबार हस्तान्तरण गरिएको किरात याक्थुङ चुम्लुङका पाँचथर अध्यक्ष नरेन्द्रराज केरुङले जानकारी दिए । घरका लागि ओयाम समाज युकेले ६ लाख रूपैयाँमा चार आना जग्गा खरिद गरिदिएको थियो ।

उक्त जग्गामा घर निर्माण गर्न फेसबुक ग्रुप ‘ग्रिन एन्ड क्लिन आवर पाँचथर’, तीनजुरे अनलाइन टिभी, डेली अनलाइन र जुनु (बेघा) राई सहयोग अभियानले बाँकी ६ लाख रूपैयाँ संकलन गरेको हो ।

घरका लागि सहयोग संकलनको संयोजन गर्ने ग्रिन एन्ड क्लिन आवर पाँचथरकी सदस्य पुनम नेम्बाङले जुनुको कष्टकर जीवनलाई सहज बनाउन घर निर्माण गरिएको बताइन् । घर पाएपछि जुनु पनि खुसी छिन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  १० : २० बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको