हिन्दु राष्ट्र स्वाभिमान अभियानको ‘साहित्य परिचय’ कार्यक्रम धनगढीमा सम्पन्न « Khabarhub

हिन्दु राष्ट्र स्वाभिमान अभियानको ‘साहित्य परिचय’ कार्यक्रम धनगढीमा सम्पन्न


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले शुक्रबार धनगढीमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनालगायतको उपस्थिति रहेको थियो। पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान गत भदौ ३ गते सुरु भएको हो।

पूर्व प्रधानन्यायाधीश पराजुलीले बाह्य प्रभाव र केही अज्ञानता वश नेपाल धर्म निरपेक्ष भएको बताएका थिए। विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आबादी भएको हिन्दु राष्ट्र खोइ भन्ने प्रश्न उनले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयं सिद्ध हिन्दु राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रूपमा स्वीकार गरोस् भन्ने आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ०३ बजे

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा