हिन्दु राष्ट्र स्वाभिमान अभियानको ‘साहित्य परिचय’ कार्यक्रम धनगढीमा सम्पन्न « Khabarhub

हिन्दु राष्ट्र स्वाभिमान अभियानको ‘साहित्य परिचय’ कार्यक्रम धनगढीमा सम्पन्न


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले शुक्रबार धनगढीमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली, अभियानका केन्द्रीय सदस्य तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण तिमल्सिनालगायतको उपस्थिति रहेको थियो। पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान गत भदौ ३ गते सुरु भएको हो।

पूर्व प्रधानन्यायाधीश पराजुलीले बाह्य प्रभाव र केही अज्ञानता वश नेपाल धर्म निरपेक्ष भएको बताएका थिए। विश्वमा ११८ इसाई, ५७ इस्लामिक र ९ वटा बुद्धिस्ट राष्ट्र भए पनि ११० करोड आबादी भएको हिन्दु राष्ट्र खोइ भन्ने प्रश्न उनले गरेका थिए ।

कार्यक्रममा सहभागीहरूले इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयं सिद्ध हिन्दु राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रूपमा स्वीकार गरोस् भन्ने आग्रह गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ०३ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको