अचेल छापा माध्यमको ‘क्रेज’ घटदै गएको छ। डिजिटल युगसँगै मुद्रण व्यवसायमा पनि पहिलाजस्तो फलिफाप छैन। सरकारी कामकाज पनि डिजिटलाइज्ड हुन थालेका छन्।
‘उहिलेको बाजेको पालामा पैसा गन्थे डालामा, अहिलेको हाम्रो पालामा मकै छैन डालामा’ जस्तो कुरा होइन यो। उहिलेको बाजाको पालाको सही कुरा कसले पो लेख्या छ र ? या त राजा–महाराजाको इतिहास लेखिएको छ, या ‘जित्नेहरु’को देवत्वकरण र ‘हार्नेहरु’को दानवीकरण। जनता, समाज, संस्कृति, कला, साहित्य, मानवीय संवेदनाको गाथा कमै लेखिएको होला।
यही कारण ‘उहीलेको बाजेको पाला’को कुरा किंवदन्ती झैं लाग्छ। पंक्तिकार आलेखको प्रारम्भ सुदूर अतितको हैन, निकट अतितको स्मृतिबाट गर्दैछ, जुन अहिले नै किंवदन्ती हुन थालिसक्यो।
यो पुस्तक पढेपछि अहिलेसम्म हामीले चिन्न नसकेका, नबुझेका, हेक्का नराखेका सत्यमोहनको व्यक्तित्वबारे पक्कै नयाँ डिस्कोर्स सुरु हुनेछ।
काठमाडौं, नयाँ सडकमा फोटो धुलाउने कलर ल्याबको व्यवसायमा मन्दी आएको धेरै भइसक्यो। फोटो खिच्न रिल निर्माण गर्ने कम्पनी बन्द हुने नै भए। अहिले त आम सर्वसाधारणका हातमा स्मार्टफोन रुपी क्यामरा छन्। बर्गेल्ती फोटो खिच्यो, फेसबुकमा शेयर गर्यो। फोटोको के कुरा, अब त आफैले भिडियो नै खिचे भो, टिकटकमा हाले भो।
बितेका तिन दशकमा प्रविधिमा जुन गुणात्मक परिवर्तन आयो, त्यो आश्चर्यजनक छ। लिथो मेसिनको युगको कुरा छाडौं, तीन दशकअघिसम्म लेटर प्रेसमा पत्रिका प्रकाशन हुन्थ्यो भन्ने कुरा अहिलेको पुस्तालाई किंवदन्ती नै लाग्नसक्छ।
भैरहवा र (पछि बुटवल)मा हाम्रो ‘मनमोहक प्रेस’ थियो, जहाँ पँक्तिकार पाँच वर्षको उमेरदेखि नै मुद्रण माहौलमा हुर्किएको हो। लेटर प्रेस, कागजका टुक्रा, कालो मसी, प्रेसको एकखालको गन्ध अनि रातभर मेसिनको ढडयाङ र ढुडुङ आवाज सम्झदा अहिले पनि आनन्द महसुस हुन्छ।
प्रेसमा मेसिन चलेको छ भने बल्ल मालिकलाई निद्रा लाग्थ्यो। मेसिनको कोलाहल खासमा मीठो संगींतको धुन सरह हुन्थ्यो। केहीगरी मेसिन बिग्रियो भने निद्रा खलबलिलिन्थ्यो। मेसिन चल्नुको अर्थ हो, काम भइरहेको छ, कागजसँगै नोट पनि छापिदैछ। चाहे चुनावी पम्पलेट होस्, चाहे किताब या बैंकका बिल भाउचर किन नहोउन्, मेसिन चल्नु भनेको कारोबारको गति अघि बढनु हो।
पत्रिका बिहानसम्मै प्रेसमा छापिइरहेकै हुन्थ्यो। धातुका एक–एक अक्षरका ढिका (लिड) हातैले चुनेर ‘टाइप’ हुन्थ्यो। कुनै निश्चित आकारको कोलममा पँक्तिबद्ध अक्षर टाइप गरेपछि धातुकै प्लेट (ग्याली)मा बलियो धागोले बाँधेर एउटा सिंगो पृष्ठ तयार गरिन्थ्यो।
पत्रिका बिहानसम्मै प्रेसमा छापिइरहेकै हुन्थ्यो। धातुका एक–एक अक्षरका ढिका (लिड) हातैले चुनेर ‘टाइप’ हुन्थ्यो। कुनै निश्चित आकारको कोलममा पँक्तिबद्ध अक्षर टाइप गरेपछि धातुकै प्लेट (ग्याली)मा बलियो धागोले बाँधेर एउटा सिंगो पृष्ठ तयार गरिन्थ्यो।
कुनै कलाकारले निर्माण गरेको हस्तकला झैं हातैले निर्मित पृष्ठको बीचबीचमा फोटाका जिंक ब्लकहरु राखिएका हुन्थे। फोटाका जिंक ब्लक बनाउन भारतसम्म पठाउनुपर्ने भएकाले कुनै कार्यक्रमका फोटा दुई तीन सातापछि मात्र पत्रिकामा छापिन्थे, तैपनि ती नयाँ लाग्थे।
रवर स्टयाम्प त नेपालमै बन्थे, विस्तारै नेपालमै जिंक ब्लक पनि बनाउन थालियो। लेटर प्रेसका हकमा हातैले कागज राख्ने र छापिएपछि हातैले झिक्नुपर्ने ‘ट्रेडल मेसिन’ हुन्थे। यसरी पत्रिका छाप्दा सन्तुलन मिलाउन नसक्दा र ध्यान केन्द्रित नहुँदा धेरै मेसिन म्यानका हात किचिएका घटना तिनताक सुनिन्थे। यो तिस–चालिसकको दशकतिरको कुरा हो।
केही समयपछि चाहिँ कागज राखेपछि छापिएर अर्कोतिर आफै जम्मा हुने मेसिन पनि आयो। त्यसपछि ‘हाइडलबर्ग मेसिन’ पनि आयो। यस्ता अनेक मेसिन आए, पँक्तिकारले देखे पनि तिनका नाम सम्झना छैन।
तिनताक काठमाडौं, ब्रम्हटोलमा लेटर प्रेसका सिद्धहस्त मेकानिक्स चिनियामान बज्राचार्य थिए, जो कलकत्ता आदि ठाउँबाट मेसिन ल्याउने र फिट गर्नेदेखि बिग्रिएको खण्डमा बनाउने कामसमेत गर्थे।
२०४७ सालको उत्तरार्धमा १७ वर्षे उमेरमा जब पंक्तिकार काठमाडौंको लगनटोलस्थित कमल जोशी (हाल दिवंगत)को नेपाल छापाखानाबाट प्रकाशित हुने ‘नेपालीपत्र साप्ताहिक’मा काम गर्न थाल्यो, त्यतिबेलासम्म नेपालमा अफसेट प्रेसको जमाना प्रारम्भ भइसकेको थियो। लेटर प्रेसमा दर्जनौं टाइप गर्ने कामदारलाई अब एकजना कम्प्युटर टाइप राइटरले विस्थापित गर्दैथिए।
हामी पत्रकार कम्प्युटर रुममा छिर्दा ‘भाइरस छिर्छ, जुत्ता फुकालेर आउनु’ भन्थे। लाग्थ्यो, ब्याक्टेरीया, भाइरस कम्प्युटरमा पनि छिर्दो हो। तर, खासमा भाइरससँग हाम्रो जुत्ताको कुनै साइनो थिएन। कम्प्युटरमा छिर्ने भाइरस बेग्लै हो भन्ने त धेरै पछि मात्र बुझियो।
हामी न्यूजप्रिन्टमा कालो या निलो डटपेनले समाचार लेख्थ्यौं, जसलाई टाइप राइटरले कम्प्युटरमा टाइप गर्थे। उनलाई ‘कम्प्युटर म्यान’ भनिन्थ्यो। हो त, सुरुसुरुमा कम्प्युटर म्यानको कस्तो फूर्तीफार्ती। हामी पत्रकार कम्प्युटर रुममा छिर्दा ‘भाइरस छिर्छ, जुत्ता फुकालेर आउनु’ भन्थे। लाग्थ्यो, ब्याक्टेरीया, भाइरस कम्प्युटरमा पनि छिर्दो हो। तर, खासमा भाइरससँग हाम्रो जुत्ताको कुनै साइनो थिएन। कम्प्युटरमा छिर्ने भाइरस बेग्लै हो भन्ने त धेरै पछि मात्र बुझियो।
हामीले लेखेका समाचार या लेख टाइप भएपछि कम्प्युटरबाटै कोलम र शीर्षक डिजाइन गरेर सेतो कागजमा प्रिन्ट गरिन्थ्यो। प्रिन्ट भएका शीर्षक र कोलमका टुक्राहरु बाक्लो कार्डबोर्डमा पृष्ठको आकार बमोजिम ग्लुस्टीकले टाँसिन्थ्यो। यसलाई ‘पेस्टीङ गर्ने’ भनिन्थ्यो। अहिलेजस्तो नेपाली फन्टहरु तयार भइसकेका थिएनन्, कम्प्युटरमा बस एउटा ‘देवनागरी फन्ट’ नामक किरकिरे पाराको अक्षर थियो।
अब सुरु हुन्छ, पत्रकार/लेखक गिरिश गिरीको प्रसंग। पत्रकार गिरीसँग पंक्तिकारको पहिलो भेट तीन दशकअघि ‘नेपालीपत्र’मा कार्यरत रहँदा नै भएको हो। पत्रकारितामा उनको सक्रियता उतिबेलादेखि नै हो, जतिबेला नेपाली पत्रकारिताले भर्खर व्यवसायिक यात्रा थाल्दै थियो।
केही न केही नौलो काम गर्न उत्साहित गिरिश वीरगंजका चर्चित पत्रकार गोपाल गिरीका पुत्र भएकाले पत्रकारिताप्रति उनमा विशेष लगाव हुने नै भयो।
पत्रकार गिरीसँग पंक्तिकारको पहिलो भेट तीन दशकअघि ‘नेपालीपत्र’मा कार्यरत रहँदा नै भएको हो। पत्रकारितामा उनको सक्रियता उतिबेलादेखि नै हो, जतिबेला नेपाली पत्रकारिताले भर्खर व्यावसायिक यात्रा थाल्दै थियो।
पंक्तिकारमा पत्रकारितातर्फको रुची पनि आफ्ना पिता रामचन्द्र भट्टराईबाटै आएको हो, जो कुनैबेला ‘समालोचना दैनिक’ र ‘सुस्केरा द्वैमासीक’ सम्पादन गर्थे।
गिरिशका पिताजी गोपाल दाइ (कहिले अंकल भन्थ्यौं) बीबीसीमा पनि बेला बेलामा सुनिन्थे। पत्रकारिता सर्कलले पंक्तिकारलाई ‘भट्टराईजीको छोरा’ भनेर चिने झैं गिरिशलाई पनि ‘गोपालजीको छोरा’ भनेर चिन्थे। हो त, त्यतिबेलासम्म हामीले आफ्नो पहिचान थोडी कायम गरेका थियौं र ?
इमानदार, निष्पक्ष र सच्चा पत्रकार हुनुपर्छ भन्ने मार्गदर्शन हामीले गोपाल गिरीसहित उतिबेलाका अग्रज पत्रकार जनार्दन आचार्य, किशोरीरमण राणा, पदम ठकुराठी, गोपाल दास श्रेष्ठ, गोविन्द वियोगी, हरिहर विरही र किशोर नेपालबाट पाएका थियौं। हाम्रो सिकाईको व्यवहारिक जग बलियो थियो, जुन पत्रकारिता र लेखनका हिसाबले आजसम्म काम लागिरहेको छ।
जे होस्, हामीले साप्ताहिक पत्रिकामा काम गरेको दुई चार वर्ष नबित्दै निजी क्षेत्रबाट पहिलो ब्रोडसिट दैनिक ‘कान्तिपुर’को प्रकाशन भयो। गिरिश गिरीसँग केही वर्ष कान्तिपुरमा सहकार्य गरियो, यो २०५३ सालतिरको कुरा हो।
कान्तिपुर दैनिक प्रकाशन प्रारम्भ हुँदासम्म पत्रिका रंगीन भइसकेको थिएन। दुई कलरमा हाइटेक अफसेट प्रेसबाट ‘जनमंच साप्ताहिक’ छापिन्थ्यो। विस्तारै रंगीन प्रविधि भित्रियो। ग्राफिक डिजाइनसहित रंगीन कलेवरमा ‘कामना’ फिल्मी मासीक प्रकाशन हुन थाल्यो। फोर कलर एकै पटक छाप्ने मेसिन आए।
हामीले साप्ताहिक पत्रिकामा काम गरेको दुई चार वर्ष नबित्दै निजी क्षेत्रबाट पहिलो ब्रोडसिट दैनिक ‘कान्तिपुर’को प्रकाशन भयो। गिरिश गिरीसँग केही वर्ष कान्तिपुरमा सहकार्य गरियो, यो २०५३ सालतिरको कुरा हो।
संचार प्रविधिमा हेर्दाहेर्दै कम समयको अन्तरालमै व्यापक परिवर्तन हुनथाल्यो। कम्प्युटरमै पृष्ठ डिजाइनिङ, स्क्यानिङ र प्लेट निर्माण गरेर एकै पटक रोलिङ मेसिनमा हालेपछि पत्रिका चट्ट आफैँ पट्टिएर जम्मा हुने प्रविधि आउँदासम्म हामी आश्चर्यचकित भइसकेका थियौं।
भलै, अब यी आश्चर्यलाई पनि जितेर महाआश्चर्यका रुपमा डिजिटल क्रान्ति भइसकेको छ। पत्रिकामा रंगीन फोटो पहिलो पटक छापिदाको आश्चर्य त्यस्तै थियो, जब पहिलो पटक पंक्तिकारले बोकेको पेजरमा कुनै ल्यान्डलाइन फोनको नम्बर आएको थियो।
पेजर पनि किंवदन्ती नै भइसक्यो, स्मार्टफोनको जमानामा। आसन्न ‘मेटाभर्स’, नानो टेक्नोलोजी, क्वान्टम कम्प्युटरको युगमा अहिले हामीले बोकिरहेका स्मार्ट फोन पनि किंवदन्ती बन्नेछन् र ‘चिप्स जिन्दगी’ सुरु हुनेछ।
पेजर पनि किंवदन्ती नै भइसक्यो, स्मार्टफोनको जमानामा। आसन्न ‘मेटाभर्स’, नानो टेक्नोलोजी, क्वान्टम कम्प्युटरको युगमा अहिले हामीले बोकिरहेका स्मार्ट फोन पनि किंवदन्ती बन्नेछन् र ‘चिप्स जिन्दगी’ सुरु हुनेछ।
‘सत्यमोहन’ को मनमोहक सत्य
पाठकलाई लाग्ला, पंक्तिकारले संचार प्रविधिबारे पुराना सन्दर्भको उल्लेख किन गरेको होला ? यसको खास अर्थ के हो भने, बितेका तीन दशकमा मिडिया प्रविधिमा भएको परिवर्तन नै हामीलाई किंवदन्ती झैं लागिरहेको छ भने कल्पना गर्नुस्, एक सय वर्षअघिदेखिका कुरा सुन्दा झन् अहिलेको पुस्तालाई कस्तो लाग्ला ?
एक शताब्दीको नेपालको सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिकलगायत अनेक पाटाको बहुआयामिक इतिहास त्यो पनि सय वर्षभन्दा बढी बाँचिसकेको व्यक्तिबाटै सुन्दा झन कस्तो होला ? पक्कै पनि शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशीसँगको सान्निध्यमा रहँदा उनै तीन दशकअघिदेखिका पत्रकार मित्र गिरिश गिरीले गरेको अनुभव अतार्किक र अवर्णनिय छ।
केही वर्षपहिले चर्चित लेखक एवं कलाकार मनुजबाबु मिश्रको जीवन कथा ‘हर्मीताज’ लेख्ने जिम्मा पंक्तिकारलाई आएको थियो। ‘हर्मिताज’को विमोचन गर्दै सत्यमोहन जोशीले भनेका थिए, ‘एउटा मान्छेको जीवनसँग सिंगो समाज जोडिएको हुन्छ, हरेक मानिसको आफ्नै कथा छ, व्यथा छ र संघर्ष अनि सफलताको गाथा पनि छ। राजनीतिक इतिहास त धेरै लेखियो, तर सांस्कृतिक, सामाजिक, आर्थिक, कला, साहित्य र मानवीय संवेदनाको इतिहास लेख्नै बाँकी छ, अब यो काम कुसुम बाबुहरुको काँधमा छ।’
‘एउटा मान्छेको जीवनसँग सिंगो समाज जोडिएको हुन्छ, हरेक मानिसको आफ्नै कथा छ, व्यथा छ र संघर्ष अनि सफलताको गाथा पनि छ। राजनीतिक इतिहास त धेरै लेखियो, तर सांस्कृतिक, सामाजिक, आर्थिक, कला, साहित्य र मानवीय संवेदनाको इतिहास लेख्नै बाँकी छ, अब यो काम कुसुम बाबुहरुको काँधमा छ।’
नभन्दै पंक्तिकारले यसबीचमा दुई दर्जन हस्तीहरुको आत्मबृत्तान्त लेख्यो, घोस्ट राइटर भएर। एउटा घोस्ट राइटरले गर्ने भनेको कसैको आत्म प्रशंसाको लेखन सहयात्री मात्र हुने हो। बक्नेले जे जे बक्यो, त्यसलाई हुबहु उतारिदिएर उसकै नाममा पुस्तक तयार गरिदिने। निश्चय नै, यो कुनै खराब काम त हैन, तर यसमा घोस्ट राइटरको सरोकार पारिश्रमिकसँग मात्र हुन्छ। ठिकै छ, कसैलाई लेखक बन्नुछ र त्यसमा पारिश्रमिकसहित सहकार्य गर्न सकिन्छ भने यसमा कसैको आपत्ति हुनु पनि जरुरी छैन।
नेता, अभिनेता, चिकित्सक, महिला अधिकारकर्मी, शिक्षकदेखि अनेक व्यक्तिको घोस्ट राइटिङ गर्दा पँक्तिकारलाई एउटै अनुभव भो, हरेक मानिस आफूलाई सम्पूर्णमा पोख्न र हल्का हुन चाहन्छ। अझ, सत्तरी वर्ष कटिसकेका मानिसको स्मृतिमा त यति धेरै कुरा हुन्छन्, जसलाई आफूभित्रै दबाएर उसले इहलिला त्यागेको हुन्छ।
कुनै लेखकले उसका कुरा सुनेर त्यसलाई आम पाठकमाझ ल्याइदियो भने त्यसले दुई वटा पुण्यको काम गर्दोरहेछ। एक त, त्यस्तो पात्रले आफ्ना सारा स्मृति पोख्न पाउँछ र त्यसले उसलाई रेचन (क्याथरसिस) गराउँछ, अर्को पुस्ता दरपुस्तासम्मले उसको युगको यथार्थ सामाजिक चित्र पछिसम्म हेर्न र बुझ्न पाउँछ। यस हिसाबले घोस्ट राइटर हुनु लेखक खगेन्द्र संग्रौलालले भने झैं ‘प्रेत लेखक’ हुनु चाहिँ पक्कै होइन। घोस्ट राइटर यस्तो पात्र हो, जसले आम मानिसको इतिहास लेख्न सहयोग गर्छ।
अझ, सत्तरी वर्ष कटिसकेका मानिसको स्मृतिमा त यति धेरै कुरा हुन्छन्, जसलाई आफूभित्रै दबाएर उसले इहलिला त्यागेको हुन्छ।
हालै बजारमा आएको गिरिश गिरीको ‘सत्यमोहन’ आत्मकथा चाहिँ घोस्ट राइटिङ हैन, बरु लेखकको आफ्नै कृति हो। सत्यमोहन जोशीलाई लेखकले आफ्नो प्रतिभा, क्षमता, मेहनत र निरन्तरको साधनाबाट पाठकसम्म ल्याएका छन्। यसैले यो आत्मकथा गिरिशकै नाममा प्रकाशित छ। यो यस्तो कृति हो, जसमा सत्यमोहनलाई मात्र होइन, सय वर्षको नेपाललाई नजिकबाट छाम्न सकिन्छ। अतः यो नेपाली समाज र जीवनको एउटा ‘जीवन्त आर्काइभ’ हो।
‘जुरेली दर्शन’ को आलोक
देश भनेको राजनीति मात्र होइन, समाज हो, संस्कृति हो, परम्परा हो र ठूलो कुरा जीवन दर्शन पनि हो। ‘सत्यमोहन’को सबैभन्दा सार्थक पक्ष यसको जीवन दर्शन हो। पँक्तिकारले यस्तो पुस्तक नपढेको धेरै भइसकेको थियो।
हुन त बजारमा अनेक पुस्तक प्रकाशित हुन्छन्। ती डेढ लाख शब्द या सात–आठ सय पृष्ठसम्मका हुन्छन्। पूर्वमन्त्री, पूर्व प्रशासक, चिकित्सक या नेताका निजी गन्थनले भरिएका अनेकौं पुस्तकको घोस्ट राइटिङ गरीसकेको यो पँक्तिकार स्वीकार्छ, यस्ता ‘आत्मृवृत्तान्त’ भनेका आफैंले आफैँलाई ‘महान्’ साबित गर्ने उपक्रम मात्र हुन्।
कुनै व्यक्तिको निजी अनुभवले जबसम्म समग्र समाजसँग तादात्मय राख्दैन या समग्र जीवन दर्शन त्यसमा भेटिदैन, त्यस्तो पुस्तक संग्रहणीय मात्र होइन, पठनीय पनि हुँदैन। ‘सत्यमोहन’ कृतिले भने एउटा जीवन दर्शन दिएको छ, जुरेलीजस्तो जीवन।
आफ्नो नैसर्गिक स्वभावमा कर्ममा लिन रहेर निरन्तर अघि बढिरहनुपर्छ भन्ने जुरेली विम्बको दर्शन खासमा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि जीवन दर्शन हो ।
अहिलेको पुस्तालाई विष्णु माझीको ‘कहाँ गयो जुरेली किन गीत गाउँदैन ?’ बोलको गीत त खुबै मनपर्छ। जुरेलीको अर्थ गीत गाउनुसँग मात्र सीमित छैन। एक पटक एउटा रुखबाट अर्को रुखमा फूत्त फूत्त उडिरहेको जुरेलीलाई हेरौं। जता मन लाग्छ, उतै उडिरहेको हुन्छ। जता जे भेट्यो त्यही खाइरहेको हुन्छ। भोलि उठी कहाँ जाने, के खाने भन्ने पटक्कै चिन्ता छैन।
बस, प्राकृति निसृत स्वभावमा जुरेली चरी सहज, सरल र शान्त जीवन बिताइरहेको हुन्छ। प्रकृतिले दिएको जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ। न त सम्पत्ति थुपार्ने परिग्रहको चिन्ता। न पदमा पुग्ने मोह। न उत्पात भय, न अनाहकको मोह र आशक्ति। आफ्नो नैसर्गिक स्वभावमा कर्ममा लिन रहेर निरन्तर अघि बढिरहनुपर्छ भन्ने जुरेली विम्बको दर्शन खासमा शताब्दी पुरुष सत्यमोहन जोशीको पनि जीवन दर्शन हो र उनको दीर्घायूको कारण पनि यही हो भन्ने निष्कर्ष गिरिशको कृति ‘सत्यमोहन’बाट निकाल्न सकिन्छ।
सत्यमोहनको दीर्घायू, उनको जीवनशैली, योगदान र विचार वास्तवमै देशको अमूल्य सम्पदा हुन्। यो सम्पदाको गाथा भावी पुस्ताका लागि मार्गदर्शक, प्रेरक र अनुकरणीय भएकाले पनि ‘सत्यमोहन’ कृतिका लागि लेखक साधुवादका पात्र हुन्।
सत्यमोहनको दीर्घायू, उनको जीवनशैली, योगदान र विचार वास्तवमै देशको अमूल्य सम्पदा हुन्। यो सम्पदाको गाथा भावी पुस्ताका लागि मार्गदर्शक, प्रेरक र अनुकरणीय भएकाले पनि ‘सत्यमोहन’ कृतिका लागि लेखक साधुवादका पात्र हुन्। यो कृतिले गिरिशजस्ता एक सक्रिय पत्रकारलाई पनि ‘सत्यमोहनजस्तै’ अर्थपूर्ण, जन उपयोगी र सदा चीर स्मरणीय कृति रच्ने जुरेलीजस्तै कर्मशील मार्गको पथिक बनाइदिएको छ। यसैले त अचेल सत्यमोहनको चर्चा हुँदा लेखकको पनि उत्तिकै प्रशंसा भइरहेको छ।
एउटा अनौठो ‘डेस्टीनी’
अंग्रेजीमा एउटा शब्द छ, ‘डेस्टीनी’। यसको ठयाक्कै अर्थ नियती पनि होइन, गन्तब्य पनि हैन। यसो भनौं, भविष्यमा कुनै सार्थक महान् घटना हुँदैछ र अनेक पात्रलाई विभिन्न कोण र सन्दर्भले जोडेर कालान्तरमा त्यही घटनासम्म पुर्याउँछ।
‘समय यात्रा’मा आधारित हलिउड चलचित्रहरुमा त भविष्यमा हुने घटनाका लागि भविष्यकै मानिसले वर्तमानमा आएर विभिन्न पात्रलाई सोही डेस्टीनीसम्म पु¥याउन भूमिका निर्वाह गरेको समेत देखाइएको हुन्छ। तर, ‘सत्यमोहन’ कृति सिर्जनामा चाहिँ अतित, वर्तमान र भविष्यका त्रिआयामिक पात्रको ‘डेस्टीनी’ जोडिएको छ, जुन आफैँमा एउटा समय यात्रा हो।
पत्रकार गिरिशलाई लाग्यो, सत्यमोहनभित्र अथाह सत्य लुकेको छ, जसलाई यो सबैका सामु उजागर गर्न बाँकी नै छ। असली जौहरीले हिरा चिने झैं उनी सत्यमोहन भित्रको ‘खजाना’ खोतल्ने धुनमा लागे।
सत्यमोहन जोशी र लेखक गिरिश गिरीलाई ‘डेस्टीनी’ले नै आपसमा जोडाएको हो। गिरिश सानोमा ललितपुर, तुयुँलाकु टोलस्थित मावली हजुर आमाकहाँ गइरहन्थे। मावली घर छेउमै सत्यमोहन जोशीको पनि घर थियो। छेउकै घरमा आइरहने कुनै भान्जो केटो नै कालान्तरमा आफ्नो आत्मबृत्तान्त लेखक बन्दैछ भन्ने ‘डेस्टीनी’को हेक्का सत्यमोहनलाई कहाँ थियो र ?
दुई दशकअघि कान्तिपुर दैनिकमा कार्यरत रहँदा गिरिशले सत्यमोहनलाई विशुद्ध पत्रकारका रुपमा भेटेका थिए। हुन त तिनताक सत्यमोहन निकै व्यस्त थिए र गिरिशजस्ता केटौला पत्रकारका जिज्ञासाले भरिएका प्रश्नको जवाफ दिने फुर्सद पनि उनलाई हुँदैनथ्यो।
‘कात्तिक नाच’कै कुरा गरौं। यसका अनेक पाटाबारे लामो बहस हुनसक्छ, जसका बारेमा सत्यमोहनलाई धेरै कुरा थाहा छ। एक पटक कार्तिक नाच अवरुद्ध भयो, गिरिश यसबारेमा सत्यमोहनको प्रतिकृया लिन पुगेछन्। नयाँ पुस्ताका पत्रकारले के कति बुझ्लान् र लामो बयान गरुँ ? भन्ने भयो होला, सत्यमोहनले संक्षिप्तमा केही कुरा भनेछन्।
आत्मकथा लेखकको विशेषता यसमै झल्किन्छ कि उसले व्यक्तिभित्रको असिमित ऊर्जा, ज्ञान र स्मृतिको खानी पहिचान गर्नसक्छ। पत्रकार गिरिशलाई लाग्यो, सत्यमोहनभित्र अथाह सत्य लुकेको छ, जसलाई यो सबैका सामु उजागर गर्न बाँकी नै छ। असली जौहरीले हिरा चिने झैं उनी सत्यमोहन भित्रको ‘खजाना’ खोतल्ने धुनमा लागे। खजाना खोज्नु चानचुने कुरा त थिएन।
आत्मकथा लेखकको विशेषता यसमै झल्किन्छ कि उसले व्यक्तिभित्रको असिमित ऊर्जा, ज्ञान र स्मृतिको खानी पहिचान गर्नसक्छ।
‘बारम्बार म सत्यमोहनलाई भेटन जान्थें। उहाँका कुरा सुन्थें। रेकर्डर खोलेर बस्दा कहिलेकाँही रेकर्ड नगर्न भन्नुहुन्थ्यो। तर, रेकर्ड नगरेको बेलामा चाहिँ अप्रकाशित, अनौठा र आश्चर्यलाग्दा सत्य उजागर गर्नुहुन्थ्यो’, गिरिश भन्छन्, ‘कुनै सन्दर्भमा उहाँ घन्टौंसम्म बेलिविस्तार लगाउनुहुन्थ्यो। झिनो स्वरमा गहिरो अतित स्मृतिमा गएर उहाँले बोलिरहँदा म चुपचाप सुनिरहन्थें।’
लेटर प्रेस, अफसेट प्रेस, मल्टी कलर हुँदै संचार क्षेत्रमा सूचना प्रविधिको युग सुरु भइसकेको थियो। इन्टरनेट क्रान्तिपछि अनलाइन पोर्टल धमाधम खुल्न थाले। ‘नेपाल न्यूज डटकमदेखि अहिले ‘खबरहब डटकम’सम्म आइपुग्दा अनलाइन पत्रकारिता नै सबैभन्दा प्रभावशाली माध्यम बनिसकेको छ। पत्रकार गिरिश पनि ‘सेतोपाटी’मा आवद्ध भइसकेका थिए।
दशौं श्रृंखलासम्म लेखिसकेपछि चारैतिरबाट गिरिशको प्रशंसा भयो। सबैको एउटै सल्लाह थियो, ‘अहो, सत्यमोहनका अनुभव त बृहत किताबमै समेटनुपर्छ।’
अनलाइन पोर्टलहरुको विशेषता के भने, जति पनि लेख्न सकिन्छ। छापामा माध्यममा जस्तो ‘बाँकी भित्री पृष्ठमा’ भन्न पनि नपर्ने, निश्चित ‘वर्ड काउन्ट’को बाध्यता पनि नपर्ने। अनि तस्बिरहरु पनि मजाले राख्न सकिने। अनलाइन पोर्टलहरुले गिरिशजस्ता पत्रकारलाई बल्ल धित मरुन्जेल लेख्न र खुल्न अथवा लेखनको आकाशमा उडान भर्न आकाश निर्माण गरिदियो।
सत्यमोहनका पुराना अनुभव र वर्तमान सन्दर्भमा त्यसको तादात्म्य जोड्दै रोचक सामग्री श्रृंखलाबद्ध रुपमा अनलाइन पोर्टलमा आउन थाले। दशौं श्रृंखलासम्म लेखिसकेपछि चारैतिरबाट गिरिशको प्रशंसा भयो। सबैको एउटै सल्लाह थियो, ‘अहो, सत्यमोहनका अनुभव त बृहत किताबमै समेटनुपर्छ।’
अब ‘डेस्टीनी’को त्रिआयामी सन्दर्भ आउँछ। लेखक कुमार नगरकोटी र गिरिशको दोस्ती अब ‘डेस्टीनी’मा जोडिन्छ। नगरकोटीको कृति ‘कल्पग्रन्थ’ भर्खर बजारमा आएको थियो र उनी यो कृति आफ्ना पुत्रमार्फत शताब्दी पुरुषलाई उपहार दिन चाहन्थे। यो चाहना लेखकमार्फत सत्यमोहनसम्म पुग्यो।
सायद त्यो स्वर्णीम बिहान थियो, जतिबेला लेखक गिरी, नगरकोटी, उनका पुत्र र बुक हिलका प्रकाशक एवं गीतकार भुपेन्द्र खडका सत्यमोहनको घरमा पुगे। नयाँ पुस्ताका पुत्रले वर्तमान पुस्ताका पिताको पुस्तक अग्रज पुस्ताका ‘पितामह’लाई हस्तान्तरण गरे।
‘प्रकाशक भुपेन्द्र खडकाजीले सत्यमोहनका मदन पुरस्कार प्राप्त कृतिको पुन प्रकाशनको कुरा झिक्नुभयो’, गिरिश भन्छन्, ‘सत्यमोहनले सहजै स्वीकार्नुभयो र केही कृति प्रकाशनको अनुमति पनि दिनुभयो। तर, मेरो लागि त्यो भेटमा उहाँले भनेको अन्तिम कुरा अविस्मरणीय थियो।’
बुक हिलले लेखक गिरिशलाई यसको जिम्मा दियो। बीचमा अनेक उहापोह, उल्झन, खोतल खातल, अध्ययन, गफगाफ, छिद्रान्वेशषण हुँदै माझिएका लेखक गिरीले तयार गरेको पुस्तक प्रकाशन भएर पाठकको माझमा आइसकेको छ र लेखक अहिले यही पुस्तकको चर्चा परिचर्चा गर्दै देश दौडाहा छन्।
सत्यमोहनले भनेका रहेछन्, ‘मलाई आफू जीवितै हुँदा आफ्नो जिवनमाथि लेखिएको पुस्तक हेर्ने मन छ। त्यो पनि उहाँ (गिरिश) ले लेखेको।’ पाँच वर्षको भेटघाटका क्रममा सत्यमोहनले पहिलो पटक यस्तो प्रस्ताव राख्दा लेखक गिरी दंगदास नै परे। अनि सुरुभयो, ‘सत्यमोहन’ लेखन र प्रकाशनको मिसन। बुक हिलले लेखक गिरिशलाई यसको जिम्मा दियो। बीचमा अनेक उहापोह, उल्झन, खोतल खातल, अध्ययन, गफगाफ, छिद्रान्वेशषण हुँदै माझिएका लेखक गिरीले तयार गरेको पुस्तक प्रकाशन भएर पाठकको माझमा आइसकेको छ र लेखक अहिले यही पुस्तकको चर्चा परिचर्चा गर्दै देश दौडाहा छन्। अनि उनलाई साथ दिइरहेका छन्, लेखक नगरकोटीले। शुक्रवार आफ्नो गृहथलो वीरगंजमा पुस्तक चर्चा कार्यक्रममा सहभागी भएको लेखकको टोली हेटौंडा हुँदै अन्य सहरमा जाँदैछ।
‘सत्यमोहन त उहाँ हो’
‘सत्यमोहन’मा रोचक रोचक सन्दर्भ छन्। न्युजिल्याण्डमा पुग्ने पहिलो नेपाली सत्यमोहन। पुरातत्व विभागमा रहँदा २०१६ सालमा लाजिम्पाट, धोबीचौरस्थित विष्णु विक्रान्तको मूर्ति चोरी नहोस् भनेर त्यहाँबाट झिकेर सुरक्षित स्थानमा राख्ने सत्यमोहन। २००१ सालमा तथ्यांक संकलनका क्रममा तनहुँ–लमजुङमा सर्वेक्षणका लागि खटिदा लोकगीत, लोकसंस्कृतिहरू नोट गरेर ल्याउने सत्यमोहन।
सोही संकलन पछि ‘हाम्रो लोकसंस्कृति’ प्रकाशित गरेर मदन पुरस्कार पाउने उनै। ‘नेपाली राष्ट्रिय मुद्रा’ र २०२७ मा जुम्ला भ्रमण गरेर सिञ्जा उपत्यकाको खोज अनुसन्धानपछि नेपाली खस भाषाका बारेमा लेखेको पुस्तकका लागि दोश्रो र तेश्रो पटक मदन पुरस्कार पाउने पनि उनै। नेपालको पहिलो नक्सा तयार पार्ने सत्यमोहन। पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक सत्यमोहन। सांस्कृतिक संस्थानको स्थापनाकालका हर्ताकर्ता सत्मोहन। अरनिकोको बृहत पहिचान गर्ने सत्यमोहन।
पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक सत्यमोहन। सांस्कृतिक संस्थानको स्थापनाकालका हर्ताकर्ता सत्मोहन। अरनिकोको बृहत पहिचान गर्ने सत्यमोहन।
चीनमा बुद्ध खोज्दै जाँदा अरनिको भेटेको प्रसंग होस् या पश्चिमा नेपाली भाषा संस्कृतिको खोजतलास। नाटक, कला, संस्कृतिका अनेक आयाममा फैलिएका सत्यमोहनका बहु प्रतिभाका फूलहरुलाई एउटै मालामा उनेका छन्, लेखकले।
२०७८ चैत्र ४ मा सत्यमोहनले नै यो कृतिको विमोचन गरे। त्योबेला सत्मोहनले लेखकतर्फ संकेत गर्दै भनेका थिए, ‘सत्यमोहन त उहाँ हो।’
हुन पनि अहिले अधवैंशे उमेर टेकिरहेका लेखक गिरीले १०२ वर्षका सत्यमोहनका दैनिकी, आचरण, जीवनशैली, संस्कार, सोच, दर्शन र सिंगो एक शताब्दीका सन्दर्भलाई आफूभित्र समाहित गरेर हिंडेका छन्। सत्यमोहनसँगको संगतबाट उनी आफ्नो उमेरको ‘सत्यमोहन’जस्तै भएका छन्।
मान्छेको जीजीविषालाई विभिन्न आयामले टेवा दिइरहेको हुन्छ। मान्छेलाई बाँच्नुको सार्थकता चाहिन्छ। निरर्थक जीवन मान्छे स्वयं बाँच्न चाहँदैन। सत्यमोहन स्वयंका लागि यो पुस्तक विविध कोणबाट आफ्नो सार्थक जीवन झल्काउने र आफूप्रति गौरवबोध गरेर सन्तुष्ट हुने सुन्दर आधार भएको छ।
यो कृति पढेपछि पाठकका प्रतिकृया र आफ्नाबारे नयाँ पुस्ताको हेराइको आंकलन गर्ने अवसर सिर्जना भएको छ।
पहिलो एक त आफ्नो बारेमा गिरिशले नै लेखेको कृति हेर्ने उनको रहर पुरा भएको छ। दोश्रो, आफ्नो जीवनसँगै सिँगो सय वर्षको इतिहास लिपिबद्ध भएर संरक्षित भएको छ। तेश्रो, आत्मकथा कथनका क्रममा सत्यमोहनका मानसपटलमा दबेका सारा स्मृति पोखिएर उनले रचेको हुनुपर्छ। चौथो, यो कृति पढेपछि पाठकका प्रतिकृया र आफ्नाबारे नयाँ पुस्ताको हेराइको आंकलन गर्ने अवसर सिर्जना भएको छ।
यो पुस्तक पढेपछि अहिलेसम्म हामीले चिन्न नसकेका, नबुझेका, हेक्का नराखेका र ‘भिल्लको देशका मणि’ झैं भएका सत्यमोहनको व्यक्तित्वबारे पक्कै नयाँ डिस्कोर्स सुरु हुनेछ। लेखकले भने झैं, ‘हाम्रो देशमा पनि सत्यमोहनजस्तो मान्छे जन्मिएको रहेछ भनेर आश्चर्यचकित मात्र हैन, गौरवान्वित हुन सकिन्छ।’
प्रतिक्रिया