प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता शुरू (भिडियोसहित) « Khabarhub

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच द्विपक्षीय वार्ता शुरू (भिडियोसहित)


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको छ।

भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको भेटवार्ता सुरु भएको हो।

तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले दोस्रो दिन समकक्षी मोदीसँग भेटवार्ता गरेका हुन्।

लगत्तै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यतालिका छ। प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।

त्यसैगरी दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्त्वपूर्ण घोषणा हुने जनाइएको छ । प्रधानमन्त्री मोदीले आजै समकक्षी देउवाको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् ।

प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : ४६ बजे

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।