जयनगर–जनकपुर–कुर्था रेलको भव्य स्वागत « Khabarhub

जयनगर–जनकपुर–कुर्था रेलको भव्य स्वागत


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आजबाट औपचारिक रूपमा सञ्चालन आएको जयनगर–जनकपुर–कुर्था रेलको जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

नयाँ दिल्लीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा भर्चुअल उद्घाटन गरेपछि जयनगरबाट हिँडेको रेल दिउँसो जनकपुधाम आइपुगेको हो ।

 

वर्षौको प्रतीक्षापछि औपचारिक रूपमा रेल चल्ने भएपछि निकै उत्साहित देखिएका सर्वसाधारणले दुलही झैँ सिंगारिएको रेलको जनकपुरधाममा स्वागत गरेका छन् ।

 

ऐतिहासिक यो क्षण हेर्न सर्वसाधारण बिहानै रेल्वे स्टेशन पुगेका थिए ।

स्टेशनमा सर्वसाधारणको व्यापक भीड लागेको थियो ।

विद्यार्थीहरूले पनि नेपाल र भारतका झण्डा फहराउँदै रेलको स्वागत गरेका थिए ।

जयनगरबाट जनकपुरधाम आएको रेल मुख्य स्टेशन कुर्था पुगेको छ ।

रेलवे विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतसँग रेलको दुई सेट खरिद गरेको थियो ।

भारतकै लगानीमा जयनगरदेखि कुर्थासम्म ३४.९ किलोमिटरमा रेलवेको ब्रोडगेज ट्रयाक तयार भएको हो ।

रेलका प्रत्येक सेटमा इन्जिनसहित ५ वटा बोगी छन् । चारवटा बोगीमध्ये एउटा एसी कोच र ३ वटा जेनरल बोगी रहेका छन् ।

भारतको हैदरवाद हाउसमा नेपाल–भारत उच्चस्तरीय बैठक सम्पन्न भएपछि आज चार वटा परियोजनाको उद्घाटन गरिएको थियो । त्यसमध्ये बहुप्रतीक्षित जयनगर–जनकपुर–कुर्था रेल सेवाको पनि उद्घाटन गरिएको हो ।

उद्घाटन दिल्लीमा भएको छ भने जनकपुरधाम आजै औपचारिक कार्यक्रम हुन लागेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा संघ तथा मधेश प्रदेशका पदाधिकारी साथै भारतीय राजदूतावासलगायत प्रतिनिधि पनि सहभागी हुने छन् ।

रेल आइतबारबाट नियमित रूपमा चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : १० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक