‘के गाउँ के सहर, सबैतिर राप्रपाकै लहर’ : अध्यक्ष लिङ्देन « Khabarhub

‘के गाउँ के सहर, सबैतिर राप्रपाकै लहर’ : अध्यक्ष लिङ्देन


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशैभरि राप्रपाको लहर छाएको बताएका छन् । मोरङमा शनिबार आयोजित सभामा उनले भने, ‘के गाउँ के सहर, अब राप्रपाकै लहर ।’ मोरङको रतुमाईमास्थित दाम्रा भिट्टामा आयोजित वृहत आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीले जनमत पाएर पनि देश बनाउन नसकेको आरोप लगाएका छन् । यी दललाई निर्वाचनमा विजयी बनाएर देश बन्छ भन्दा पश्चतापबाहेक केही हात नपर्ने उनले बताए ।

कांग्रेस, एमाले र माओवादीले पटकपटक देश विकासको नेतृत्व गर्ने अवसर पाए । तर उक्त अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ। अध्यक्ष लिङ्देनले देशका प्रमुख राजनीतिक दललाई देश र जनताले महसुस हुने गरी गरेको काम देखाउन चुनौती समेत दिएका छन्।

उनले यस्ता राजनीतिक दललाई फेरि पनि सत्तामा पुर्‍याउनु देशलाई थप बर बादीको दिशातर्फ धकेल्ने काम हुने बताए। उनले ठूला दलबाट देश बन्छ भनेर अपेक्षा गर्नु दूध दुहनका लागि साँढेको टाङ मुनि बाल्टी थाप्नु जस्तै भएको टिप्पणी गरे । उनले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड कति पटक प्रधानमन्त्री भए देश बन्छ रु भनेर प्रश्न समेत गरेका थिए ।

उनले देश बिगारेर असफल राष्ट्रको मुखसम्म धकेल्नमा ठूला पार्टी र नेता जस्तै अर्को चिह्नमा हात लाग्दैन भनेर भोट दिने मतदाताहरू पनि दोषी भएको बताए ।

शक्ति राष्ट्र नेपालमा रणनीतिक रूपमा प्रतिस्पर्धा गरिरहेको लिङ्देनले बताए । नेपाललाई रणनीतिक प्रतिस्पर्धा बनाइएको उनको भनाइ छ ।

नेता लिङ्देनले अब आउने चुनाव नेपाली जनताका लागि विगतका गल्ती सच्याउने अवसर भएको बताए । जनताले दिने एक भोटले गलत पार्टी र गलत नेताले जिते देशले दुःख पाउने उल्लेख गरे। आउँदो वर्ष हुने तीनै तहको चुनाव सोचेर जनता र देशको पक्षमा हुने गरी मतदान गर्न अध्यक्ष लिङ्देनले सबैमा आग्रह गरे ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ५५ बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १