अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने « Khabarhub

अमेरिकाले युक्रेनलाई थप ३० करोड डलरको सैन्य सहयोग गर्ने


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले युक्रेनलाई ३० करोड अमेरिकी डलरको थप सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ कार्यक्रम मार्फत अमेरिकाले युक्रेनको रक्षा क्षमतालाई बलियो बनाउन थप ३० करोड डलर उपलब्ध गराइने छ ।

यस्तो सहयोग सुरक्षा सहायतामा केन्द्रित रहने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तो सहयोगमा लेजर गाइडेड रकेट सिस्टम, मानवरहित हवाई उपकरण (ड्रोन), सैनिक सवारी साधन, मेसिनगन, व्यावसायिक अन्तरिक्ष तस्वीर सेवा राती पनि देख्न सक्ने एवम् थर्मल चश्मा। गोलीगठ्ठा लगायत समावेश रहेको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो निर्णयले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई आफ्नो रक्षा प्रयासको समर्थनमा संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई जोड दिन्छ’ पेन्टागनका प्रेस सचिव जोन किरबीले भने ।

युक्रेनमाथि रुसले आक्रमण गरेसँगै अमेरिकासहित विभिन्न युरोपेली मुलुकहरुले युक्रेनलाई आर्थिक एवम् सुरक्षा सहायता उपलब्ध गराउँदै आएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ४ : २६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु