स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्नेमा अध्यक्ष त्रिपाठीको जोड « Khabarhub

स्थानीय तहका उम्मेदवार निर्दलीय हुनुपर्नेमा अध्यक्ष त्रिपाठीको जोड


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्नेमा जनता प्रगतिशील पार्टी नेपालले आफ्नो धारणा प्रस्ट पारेको छ। शनिबार केन्द्रीय कमिटी बैठकको आयोजना गर्दै पार्टी हृदयेश त्रिपाठीले स्थानीय तहको निर्वाचन निर्दलीय हुनुपर्ने बताएका हुन् ।

दलिय आधारमा हुँदा सक्षम, क्षमतावान र इमान्दार जनप्रतिनिधि निर्वाचित हुन कठिन हुने आफूहरूको धारणा रहेको  प्रस्ट पारे । पार्टीले स्थानीय तहमा कर्मठ, विकासकर्मी र प्रगतिशील विचार बोकेका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि पार्टीमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हाम्रो प्राथमिकतामा युवा वर्ग हुने छ । हामी युवालाई अवसर दिन चाहन्छौं, उनले भने। स्थानीय तहको बढ्दो बेरुजु र अनियमितता अन्त्य नै आफ्नो पार्टीको मूल चुनावी नारा हुने उनले बताए ।

यसका साथै अध्यक्ष त्रिपाठीले माध्यामिक तहसम्मको शिक्षा र आधारभूत स्वास्थ्य तथा कृषिको उन्नती आजको आवश्यकता रहेको बताए ।

स्थानीय तहमा स्वतन्त्र जनप्रतिनिधि हुँदा उसले निश्पक्ष ढंगले काम गर्नेमा आफूहरू विश्वस्त रहेको त्रिपाठी बताउँछन् । उनले आफ्नो पार्टीबाट कुनै प्रतिनिधिले जिते दलीय बन्धनमा नराख्ने बताएका छन् ।

यसका साथै उनले नेपाली राजनीतिमा गठबन्धनको संस्कृति हाबी हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गठबन्ध गरेर सरकार चलाउनु गलत छ । गठबन्धन गरेर चुनावमा जानु पनि गलत हो । त्यसले जनताको स्वस्थ म्यान्डेट आउँदैन । गठबन्धन गर्ने हो भने छुट्टाछुट्टै दल किन चाहिए । यो परिपाटी संविधान र लोकतन्त्र विपरित छ,अध्यक्ष त्रिपाठीले भने ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : ४९ बजे

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा– सिरहा जिल्ला अदालत अगाडि रहेको बार एसोसिएसनको कार्यालयमा भएको कुकर

मौसम बिग्रिँदा विमानस्थल प्रभावित, चीनबाट आएको जहाज भारततिर डाइभर्ट

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी तराईका

लक्ष्यको ३६ दशमलव २९ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो

काठमाडौं उपत्यकासहित देशभर वर्षात्, तराई क्षेत्रमा हुरीसहित असिना पानी !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले शुक्रबार अपराह्नपछि विशेषगरी

देशभर विपद्का ३१ घटना, एक जनाको मृत्यु, ४ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा भएका विभिन्न विपदका घटनामा परी १