मोडलिङसँगै अभिनयमा दीपाशा (फोटो फिचर) « Khabarhub

मोडलिङसँगै अभिनयमा दीपाशा (फोटो फिचर)


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोडलिङमै रहेर अभिनय खोजिरहेकी छिन्, दीपाशा बिसी ।

सुर्खेतमा जन्मिएकी दीपाशा टिभी फिल्मीको रियालिटी शो ‘को बन्छ कलाकार’ मार्फत अभिनयको दुनियामा पाइला टेकेकी हुन् ।

त्यहाँ नोटिश भएपछि उनले शोभित बस्नेत निर्देशित फिल्म ‘दुलही रानी’ मार्फत अभिनयमा डेब्यु गरिन् ।

 

त्यसयता उनले झेली, ओएमजी, गहिराइ , विरानो माया, छाललगायतका फिल्महरूमा काम गरिसकेकी छिन् ।

फिल्मसँगै मोडलिङमा समेत उनी सक्रिय छिन् । बेलाबखतमा फेशन शोमा देखिने दीपाशाले पाँच सय बढी म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

सञ्जीवनीको स्वर रहेको ‘तिमी थोरै’ बोलको गीतबाट म्युजिक भिडियोमा डेब्यू गरेकी दीपाशाले लोकदोहोरी र तीज गीतमा ज्यादा अभिनय गरेकी छन् ।

सँगै स्टेज शो, विज्ञापनलगायतमा पनि उनको सक्रियता बढ्दो नै छ ।

यिनै दीपशाले खबर हबकर्मी फोटो पत्रकार कुवेर डंगोलसँग फोटो शुट गरेकी छिन् ।

शुट गरिएका फोटोहरूमा उनलाई विभिन्न लुक्स / गेटअपमा देख्न सकिन्छ ।

उनी साडीदेखि क्याजुअल मोडर्न ड्रेसमा समेत देखिएकी छिन् ।

उनलाई छिट्टै दर्शकले ‘रमिता’ फिल्ममा देख्न पाउनेछन् ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : २३ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

हेटौँडा– भीमफेदी गाउँपालिका–८ इपादेउरालीमा आज बिहान बसको ठक्करबाट एक जना महिलाको

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन