पेट्रोलियम व्यवसायीहरूद्वारा आन्दोलनका कार्यक्रम फिर्ता « Khabarhub

पेट्रोलियम व्यवसायीहरूद्वारा आन्दोलनका कार्यक्रम फिर्ता


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पेट्रोलियम व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

शनिबार नेपाल आयल निमगसँग सहमति जुटेपछि चैत २० गतेबाट गर्ने भनिएको आन्दोलन व्यवसायीहरूले फिर्ता लिएका हुन् ।

निगम व्यवस्थापन र पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिका पदाधिकारीहरूबीच भएको वार्तामा सहमति जुटेको हो ।

नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले वार्ताबाट सकारात्मक निष्कर्ष आएको बताए ।

निगमले पेट्रोलियम विक्रेता कमिशनसम्बन्धी र एल.पी. ग्यासको ढुवानी भाडा समायोजनसम्बन्धी मागबारे सात दिनभित्र निष्कर्ष निकाल्ने आश्वासन दिएको छ ।

त्यस्तै, अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित विषयहरू जेठ १५ सम्म सक्ने गरी आवश्यक कार्य गर्ने सहमति भएको छ ।

पेट्रोलियम ढुवानी व्यवसायी, पम्प व्यवसायी र खाना पकाउने एलपी ग्यास उत्पादक व्यवसायीहरूले देशभर पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण ठप्प पार्ने घोषणा गरेका थिए ।

व्यवसायीबाट आन्दोलन फिर्ता लिइएसँगै भोलिबाट पेट्रोलियम पदार्थको आपूर्ति पनि सहज हुने भएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ४५ बजे

वर्षाले काठमाडौंमा ट्राफिक जाम बढ्यो, सुरक्षित यात्रा गर्न आग्रह

काठमाडौं– काठमाडौंमा हुरीबताससहितको वर्षा जारी रहँदा सहरका विभिन्न सडकखण्डमा ट्राफिक

लज्जास्पद हारबारे कांग्रेसको निष्कर्ष : चुनावी गठबन्धन घातक, एमालेसँग सत्ता सहकार्यले सबैभन्दा घाटा

काठमाडौं- नेपाली कांग्रेसले फागुन २१ को निर्वाचनमा पराजयलाई विगतमा गरिएको

काठमाडौंमा हुरीबताससहितको वर्षा जारी, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं– काठमाडौंमा केही समयदेखि हुरीबतासहितको वर्षा जारी रहेको छ ।

जिपी अस्पतालमा मातृत्व कक्ष निर्माण गरिने

दमौली– तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा