‘आरआरआर’ दर्शकको चाप उस्तै « Khabarhub

‘आरआरआर’ दर्शकको चाप उस्तै


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– अहिले चर्चामा छ फिल्म ‘आरआरआर’ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मले व्यापार अझै बढ्दो नै छ । फिल्मले दर्शकको मन जितेसँगै यसको शो घटेका छैनन् भने दर्शक बढिरहेका छन् ।

फिल्म हेर्न ग्रुप वा परिवार नै जाने भएकाले पनि ‘आरआरआर’ ले बक्स अफिसमा आफूलाई एक हजार करोडतर्फ अगाडि बढाएको छ । 

‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले पहिलो साता विश्वभरबाट सात सय दश करोडको ग्रस कलेक्सन गरेको छ । यसले इन्डियामा मात्र पाँच सय साठी करोड तर अन्य देशहरूबाट एक सय पचास करोडको ग्रस कलेक्सन गरेको ‘आरआरआर’ को निर्माण पक्षले सार्वजनिक गरेको छ । फिल्मले दर्शकमार्फत पाएको ‘वर्ड अफ माउथ’ ले यसको व्यापार अझैँ बढ्ने देखिएको छ ।

फिल्मले नेपालमा मात्र एक सातामा ९ करोडको हाराहारीमा कलेक्सन गरेको बताइएको छ । यद्यपि निर्माण पक्षले यसबारे आधिकारिक रूपमा बोलेका छैनन् । नेपालमा दोस्रो सातामा पनि दर्शकको चाप उस्तै छ । 

‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराएका छन् । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले । पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ ।

यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए । जसका कारण फ्यान झनै उत्साहित बनेका छन् ।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : १० बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण