‘आरआरआर’ दर्शकको चाप उस्तै | Khabarhub Khabarhub

‘आरआरआर’ दर्शकको चाप उस्तै


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– अहिले चर्चामा छ फिल्म ‘आरआरआर’ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मले व्यापार अझै बढ्दो नै छ । फिल्मले दर्शकको मन जितेसँगै यसको शो घटेका छैनन् भने दर्शक बढिरहेका छन् ।

फिल्म हेर्न ग्रुप वा परिवार नै जाने भएकाले पनि ‘आरआरआर’ ले बक्स अफिसमा आफूलाई एक हजार करोडतर्फ अगाडि बढाएको छ । 

‘आरआरआर’ निर्माताले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले पहिलो साता विश्वभरबाट सात सय दश करोडको ग्रस कलेक्सन गरेको छ । यसले इन्डियामा मात्र पाँच सय साठी करोड तर अन्य देशहरूबाट एक सय पचास करोडको ग्रस कलेक्सन गरेको ‘आरआरआर’ को निर्माण पक्षले सार्वजनिक गरेको छ । फिल्मले दर्शकमार्फत पाएको ‘वर्ड अफ माउथ’ ले यसको व्यापार अझैँ बढ्ने देखिएको छ ।

फिल्मले नेपालमा मात्र एक सातामा ९ करोडको हाराहारीमा कलेक्सन गरेको बताइएको छ । यद्यपि निर्माण पक्षले यसबारे आधिकारिक रूपमा बोलेका छैनन् । नेपालमा दोस्रो सातामा पनि दर्शकको चाप उस्तै छ । 

‘बाहुबली’को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।

बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराएका छन् । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले । पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ ।

यद्यपि निर्देशक राजामौलीले दुई स्टारलाई एकसाथ पर्दामा ल्याए । जसका कारण फ्यान झनै उत्साहित बनेका छन् ।

फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ११ : १० बजे

सात हजार भन्दाबढी बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइँदै 

खोटाङ– यही जेठ १३ गतेदेखि सञ्चालन हुने पोलियो रोगविरुद्धको आइपीभी खोप

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे  

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

गोरखाका किसानलाई अनुदानमा ट्रयाक्टर

गोरखा– जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत

ट्राफिक कारबाहीबाट चार करोड राजस्व संकलन  

अत्तरिया– सुदूरपश्चिम प्रदेशमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको १० महिनामा

अर्जेन्टिनाविरुद्ध फोकल्याण्डमा लडेका लाहुरेको नवौं कृति

सुनसरी- जीवनको उर्जाशील युवा समय काँधमा राइल बोकेर परेड खेल्दै