ताप्लेजुङमा दश जना जनप्रतिनिधि निर्विरोध निर्वाचित « Khabarhub

ताप्लेजुङमा दश जना जनप्रतिनिधि निर्विरोध निर्वाचित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – यो पटकको स्थानीय तहको निर्वाचनबाट ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

उनीहरुको विरुद्धमा उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारीसमेत फिर्ता भएसँगै निर्विरोध भएका छन् ।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार नेपाल निर्विरोध निर्वाचित भएका छन् । कम्युनिष्ट पार्टी (एमाले)बाट एक जना र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट एक जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल निर्विरोध भएकी छन् । कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका–८ याम्फुदिन र मिक्वाखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन् ।

फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छन् । मिक्वाखोला–५ पापुङमा माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताए।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ११ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक