सिन्धुली, रामेछाप र दोलखामा मतपत्र ढुवानी आज « Khabarhub

सिन्धुली, रामेछाप र दोलखामा मतपत्र ढुवानी आज


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निर्वाचन आयोगले आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र ढुवानी गर्दैछ । जनक शिक्षा सामग्री संस्थानमा छापिएको ७७ जिल्लाको मतपत्रमध्ये ७० जिल्लामा १८ वैशाखभित्र ढुवानी भइसकेको थियो भने आज सिन्धुली, रामेछाप र दोलखाका लागि मतपत्र आज आयोगले ढुवानी गर्न लागेको हो ।

आयोगका अनुसार १७ वैशाखसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएकामध्ये लुम्बिनी प्रदेशका सबै जिल्लामा मतपत्र पठाइसकेको छ ।

मधेस प्रदेशका ८ जिल्लासहित बाग्मती प्रदेशका रसुवा, चितवन, काठमाडौँ, ललितपुर, भक्तपुरमा मतपत्र पठाउन बाँकी छ भने कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला तथा  प्रदेश–१ को मोरङबाहेक सबै जिल्लामा मत पत्र पठाई सकिएको आयोगले जानकारी दिएको छ ।

स्थानीय तहको निर्वाचन आउन ११ दिन मात्रै बाँकी छ । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि  निर्वाचन आयोगले ३० वैशाखमा दोस्रो पटक स्थानीय  तहको निर्वाचन गर्दैछ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ५८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक