टी ट्वान्टी क्रिकेट : जिम्बाब्वेसँग दोस्रो खेलमा भिड्दै नेपाल  « Khabarhub

टी ट्वान्टी क्रिकेट : जिम्बाब्वेसँग दोस्रो खेलमा भिड्दै नेपाल 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो । त्यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ । नेपाली टिम सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रनेछ ।

नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछी तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एक दिवसीय खेल हुने क्यानले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ९ : १६ बजे

सेनाको एनसिसी : नवयुवालाई संस्कार र संस्कृति सिकाउँदै

काठमाडौं– बढ्दो भौतिकवाद, व्यक्तिवाद र विदेश मोहको हालको परिस्थिति र

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्रको तयारी (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्दसत्र हुँदैछ

सुनचाँदीको मूल्य कीर्तिमानी उचाइमा, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

गण्डकीमा महिला मतदाता बढी

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा