ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  « Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोरङको कानेपोखरी गाँउपालिका–७ मा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ वर्षीय रूपक श्रेष्ठ रहेका छन् । 

ना ३ ख ६७६ नम्बरको ट्रकले हिजो साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चालक श्रेष्ठको उपचारको क्रममा विराटनगर स्थित न्युरो अस्पतालमा बेलुकी साढे ८ बजे मृत्यु भएको हो । 

ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलबारी मोरङले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ११ : ४० बजे

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज