सी डिभिजन लिगमा पुलचोकको पहिलो जित « Khabarhub

सी डिभिजन लिगमा पुलचोकको पहिलो जित


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबले पहिलो जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बिहान भएको खेलमा पुलचोकले रानीवन स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पुलचोकको जितमा सौरभ तामाङको गोल नै निर्णायक बन्यो । खेलको ५२ औँ मिनेटमा पुलचोकका लागि सौरभले गोल गरेका हुन् ।

तामाङ म्यान अफ द म्याच समेत घोषित भए । आज हुने दोस्रो खेलमा आरसी ३२ फुटबल एकेडेमी र समाज कल्याण खेलकुद केन्द्र दिउँसो पौने १ बजे आमने सामने हुनेछन् । 

मनोहरा युनाइटेड क्लब र ओएसिस क्लब दिउँसो ४ बजे भिड्नेछन् । आरसी ९ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने समाज ६ अंकसहित सातौँ स्थानमा छ ।

मनोहरा ४ अंकसहित ९ औँ स्थानमा छ । अंकविहीन ओएसीस १३ औँ स्थानमा छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १२ : २२ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको