एमालेद्वारा लुम्बिनी प्रदेशका ६ जनालाई कारबाही « Khabarhub

एमालेद्वारा लुम्बिनी प्रदेशका ६ जनालाई कारबाही


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- पार्टी निर्णयविपरित लागेको भन्दै एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यलाई निष्कासन गरेको छ । आगामी स्थानीय तहको निर्वाचनका क्रममा केहीले स्वतन्त्र उम्मेदवारी दिएको र केही पार्टी निर्णयविरुद्ध लागेको भन्दै सो पार्टीले प्रदेश कमिटीका ६ जनालाई कारबाही गरेको हो ।

यसरी निष्काशित हुनेहरूमा कपिलवस्तुका कुमार मधु बेलबासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्यूठानका टिकाबहादुर गुरुंग, रुपन्देहीका सञ्जय गुप्ता र बाबुलाल यादव रहेका छन् ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले सोमबार विज्ञप्ति जारी गरी ६ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको बताएका हुन् ।

पार्टीमा देखिएको अनुशासनहीनता क्षम्य हुन नसक्ने भन्दै सिंगो पार्टीपंक्ति चुनावी अभियानमा होमिएको बेला एकतावद्ध भएर निर्वाचनमा लाग्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : १४ बजे

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज