पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छे « Khabarhub

पैसा कमाउन राजनीतिमा नआउनुस् : बिजुक्छे


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफ्नो पार्टीको उम्मेदवारी नेपाली कांग्रेस र एमालेको दुई दलीय तानाशाहीविरुद्ध भएको बताएका छन् ।

निर्वाचन विचारको लडाइ हुनुपर्ने भन्दै उनले जित्नकै लागि नेपाली कांग्रेसले नेकपा एकीकृत माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पाँच दलीय गठबन्धन बनाउनु र नेकपा एमालेले पनि राप्रपालगायतका दलहरूसँग गठबन्धन गर्नु सिद्धान्तहीन राजनीति भएको बताए ।

‘राजनीति पद, पैसा र पावरको लागि गर्ने होइन, यो त देश र जनताका लागि गर्ने हो, नेपाल मजदुर किसान पार्टी ७ नम्बर वडा निर्वाचन परिचालन समिति भक्तपुरले सोमबार गरेको जनतासँगको साक्षात्कार कार्यक्रममा बिजुक्छेले भने, ‘पैसा कमाउने भए राजनीति होइन, व्यापार व्यवसायमा लाग्नुहोस् ।’ उनले यस पटकको निर्वाचन देश बचाउने की नबचाउने भन्ने दुई पक्षबीचको लडाइ भएको बताए ।

एउटा पक्ष एमसीसी पास गरेर देश बेच्ने पक्षमा रहेको र अर्को पक्ष एमसीसीकाविरुद्ध लागेर देश जोगाउने पक्षमा रहेको उनको भनाइ छ । 

आफूहरू एमसीसीको विपक्षीमा रहेर निरन्तर देश जोगाउने पक्षमा रहेको उनको भनाइ  थियो । उनले एमसीसी पास गरिसकेपछि पनि आफूहरूको निरन्तर विरोध भइरहने जनाए ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  २ : १४ बजे

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल