अनमोललाई ‘छड्के २’ अफर ? « Khabarhub

अनमोललाई ‘छड्के २’ अफर ?


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता अनमोल केसीले ‘ए मेरो हजुर ४’ लगत्तै काम गर्ने तय भएको फिल्म ‘हनी बनी’ छाडिसकेका छन् ।

आपसी समझदारीमै प्रोजेक्ट छाडेको भनिएता पनि को–स्टारको कारणले प्रोजेक्टको कुरा गर्दी बढ्न नसकेको बुझिएको छ । अनमोलले प्रोजेक्टको लागि वर्कसप समेत लिइसकेका थिए भने निर्देशक दिवाकर भट्टराईले पनि अनमोलले भूमिका निभाउन सक्ने मिडियामा बताइसकेका थिए । यद्यपि अन्तिम समयमा अनमोलले प्रोजेक्ट छाडे । 

अब अनमोलसँग नयाँ प्रोजेक्ट छैन । होम प्रोडक्सनमै निर्माण हुने भनिएको एन्टी हिरो, पारस र माइतीघर २ पनि तत्काल नबन्ने भएपछि अनमोलले कुन फिल्ममा काम गर्लान् भन्ने चासो दर्शकसँगै फिल्मकर्मीलाई पनि छ । अनमोललाई निर्देशक झरना थापाले  ‘भागवत गीता’ का लागि गरेको अफर स्वीकारेनन्

त्यसकारण तेश्रो प्रोजेक्टमा लगातार सहकार्य सम्भव भएन । यसैबीच अनमोललाई निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘छड्के २’ का लागि पनि अफर गरेको चर्चा बढ्दो छ । 

इनिसियल रुपमा बम्पर व्यापार गरेर दर्शकको चर्को आलोचना भोगेको  ‘छड्के’ को सिरिज बनाउने तयारीमा निगम छन् । यसका लागि अनमोललाई उनले अफर गरेपनि अनमोल राजी भैसकेका छैनन् ।

अनमोल केही समय यता आफ्नो अभिनय क्षमता बढाउन मात्र होइन दर्शकलाई देखाउन समेत चाहन्छन् । यद्यपि उनले साइन गरेको फिल्म  ‘धुपौरे’ छाडेका थिए । त्यसपछि अनमोल रेगुलर भन्दा केही फरक फिल्मको खोजीमा छन् । 

कुनै पनि फिल्मको काम सुरु हुनु अघि सबै कुरा नमिलेको खण्डमा उक्त फिल्म छाड्न पछि नपर्ने अनमोलले अब गर्ने फिल्मको छायांकन सुरु नभएसम्म गुपचुप राख्ने मनसाय समेत बनाएको बुझिएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ३८ बजे

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज