गर्मी बढेसँगै भारतमा विद्युतको माग उच्च « Khabarhub

गर्मी बढेसँगै भारतमा विद्युतको माग उच्च


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । केही दशक यताकै सबैभन्दा तातो गर्मीको सामना गरिरहेको भारतमा उर्जाको माग १३ दशमलब २ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ४० करोड किलोवाट प्रतिघण्टा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अप्रिल महिनामा राजधानी दिल्लीमा मात्रै विद्युतको माग ४२ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । त्यस्तै, पञ्जाबमा ३६ प्रतिशत र राजस्थान राज्यमा २८ प्रतिशतले उर्जाको माग बढेको छ ।

यसबाहेक सिक्किममा पनि ७४ दशमलब ७ प्रतिशतले विद्युतको माग बढेको रोयटर्सले जनाएको छ । गर्मी बढेसँगै भारतीयहरुले एअर कण्डिसनको अधिक प्रयोग गरेका कारण उर्जाको माग बढेको जनाइएको छ ।

उर्जाको माग अनुसार आपूर्ति हुन नसक्दा अप्रिल महिनामा भारतका धेरै स्थानमा विद्युत कटौती गरिएको समेत रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : १८ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा

फ्लाई दुबईले आजदेखि पोखरा विमानस्थलमा नियमित उडान गर्ने

कास्की– फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुबई–पोखरा–दुबई रुटमा नियमित

नेकपाले दुईमहिने विशेष अभियान सञ्चालन गर्ने

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सङ्गठन सुदृढीकरणका लागि दुईमहिने विशेष