गर्मी बढेसँगै भारतमा विद्युतको माग उच्च « Khabarhub

गर्मी बढेसँगै भारतमा विद्युतको माग उच्च


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा गर्मी बढेसँगै विद्युतको माग उच्च भएको छ । केही दशक यताकै सबैभन्दा तातो गर्मीको सामना गरिरहेको भारतमा उर्जाको माग १३ दशमलब २ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब ४० करोड किलोवाट प्रतिघण्टा पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

अप्रिल महिनामा राजधानी दिल्लीमा मात्रै विद्युतको माग ४२ प्रतिशतले बढेको रोयटर्सले जनाएको छ । त्यस्तै, पञ्जाबमा ३६ प्रतिशत र राजस्थान राज्यमा २८ प्रतिशतले उर्जाको माग बढेको छ ।

यसबाहेक सिक्किममा पनि ७४ दशमलब ७ प्रतिशतले विद्युतको माग बढेको रोयटर्सले जनाएको छ । गर्मी बढेसँगै भारतीयहरुले एअर कण्डिसनको अधिक प्रयोग गरेका कारण उर्जाको माग बढेको जनाइएको छ ।

उर्जाको माग अनुसार आपूर्ति हुन नसक्दा अप्रिल महिनामा भारतका धेरै स्थानमा विद्युत कटौती गरिएको समेत रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : १८ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६