सिन्धुली फुटबल संघको चुनाव एन्फामा हुने « Khabarhub

सिन्धुली फुटबल संघको चुनाव एन्फामा हुने


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पटक पटक विवादका कारण स्थगित सिन्धुली जिल्ला फुटबल संघको चुनाव अखिल नेपाल फुटबल संघ ( एन्फा) ले सातदोबाटोस्थित आफ्नै परिसरमा गर्न निर्देशन दिएको छ । स्थानीय विवादका कारण तोकिएको समयमा चुनाव हुन नसकेपछि वैशाख २२ गते एन्फामा गर्ने निर्णय भएको हो ।

यसअघि एन्फाले १० गतेसम्म सम्पूर्ण जिल्ला निर्वाचन गर्न निर्देशन दिएको थियो । तर, उक्त समय सीमामा चुनाव हुन नसकेपछि चुनाव १८ गतेका लागि सरेको थियो ।

तर, त्यो समयमा समेत नभएपछि एन्फाले पुनः मिति तोकेको हो । एन्फा महासविच इन्द्रमान तुलाधरले पत्र काट्दै २२ गते बिहान १० बजे चुनाब गर्न निर्देशन दिएका हुन् ।

यस्तै, निर्वाचनमा सहभागी हुन आउने–जाने क्रममा लाग्ने सम्पूर्ण खर्च सहभागी स्वयंमले व्यहोर्नु पर्नेसमेत बताइएको छ ।

यसअघि एन्फाको ४८ सदस्य जिल्लामध्ये ४५ मा चुनाव भएको भइसकेको छ । तर, विवादकै कारण तीन जिल्लाको चुनाव हुन सकेको छैन । एन्फा चुनावमा ४५ जिल्लाले मताधिकार पाउनेछन् । एन्फाको आगामी  चुनाव ६ असारमा हुँदैछ ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ३ : ३० बजे

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज