चन्दननाथ नगरपालिकाका एमाले मेयरका उम्मेदवारद्वारा घोषणापत्र सार्वजनिक  | Khabarhub Khabarhub

चन्दननाथ नगरपालिकाका एमाले मेयरका उम्मेदवारद्वारा घोषणापत्र सार्वजनिक 


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेकपा एमालेबाट चन्दननाथ नगरपालिका मेयरका उम्मेदवार धर्मेन्द्र रोकायाले घोषणापत्र सार्वजनिक गरेका छन्। 

रोकायाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको घोषणा पत्रमा नगरपालिकामा डाक्टर, इन्जिनियर, वन तथा कृषि प्राविधिक लगायत उच्च शिक्षाको लागि बन्दोबस्त गरिने उल्लेख गरिएको छ । 

घोषणापत्रमा उक्त सुविधा प्राप्त गर्ने विद्यार्थीले निश्चित समय नगरपालिकामा सेवा गर्नुपर्ने छ । एमाले घोषणापत्रमा कक्षा १ देखि १२ कक्षामा अनिवार्य र निःशुल्क शिक्षा लागू गरिने भएको छ । न्यून आय भएका बालबालिकाहरूका लागि शैक्षिक राहत कोष स्थापना गरिने उल्लेख गरिएको छ ।  

त्यस्तै घोषणा पत्रमा हरेक वडामा कम्प्युटर प्रयोगशाला, वेवि केयर सेन्टर स्थापना गरिने, एक विद्यालय एक नर्स कार्यक्रम लागू गरिने उल्लेख गरिएको छ । जुम्लाको वस्ती विकासका लागि पाखे चक्रपथको अवधारणा अघि सारिएको छ । 

स्थानीय स्तरमा जैविक ग्यास, वैकल्पिक उर्जाको अभ्यास मार्फत अनुदान गरिने, एक विद्यालय एक खेलकुद प्रशिक्षकको दरबन्दी सहितको व्यवस्था गरिने छ ।

त्यस्तै  चन्दननाथ मन्दिरलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने घोषणापत्रमा उल्लेख छ । चन्दननाथ मन्दिर जुम्लाको ऐतिहासिक धार्मिक स्थल हो । कृषिमा हरेक वडामा ठूलो शीत भण्डार स्थापना गरिने । स्याउ, ओखर, लगायत कृषिमा आधारित उत्पादनशील व्यवसाय गरिने क्षेत्रमा सिँचाइलाई प्राथमिकता दिइनेछ ।   

त्यस्तै तातोपानी गाउँपालिकामा नेकपा एमाले अध्यक्षका उम्मेदवार सुरत बहादुर शाहीले समेत घोषणापत्र सार्वजनिक गरेका छन्  । तातोपानीका सबै गाउँमा सड्क बिस्तार गरिने, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिईने, जडिवुटि प्रशोधन केन्द्र स्थापना गरिने, जातीय लैंगिक तथा विभेदमुक्त पालिका घोषणा गर्ने सहितको उल्लेख छ ।

 त्यस्तै तातोपानीमा एमालेको घोषणापत्रमा एक गाउँ एक उत्पादन र दश उद्यमी निर्माण गरिने उल्लेख छ । वडा स्तरमा क्रमश एक घर एक धारा पानी, सहिद स्मारक स्थापना, तातोपानी धाराको स्तरवृद्धि तथा लक्षालकृति पैकलाको सालिक निर्माण गरिने, जुम्ला– जाजरकोट जोड्ने त्रिवेणी टोप्ला हुँदै जाजरकोटको सड्क बिस्तार गरिने उल्लेख छ ।

यसैगरी एमालेले कनकसुन्दरी गाउँपालिका र तिला गाउँपालिकाको समेत घोषणापत्र सार्वजनिक गरेको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ४३ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र