कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ? | Khabarhub Khabarhub

कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ?


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ ।

 वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्रै निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्। 

महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन प्रयोग गर्न पाउनेछन् । 

नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउनेछन्। आयोगको कार्यविधिअनुसार सवारीसाधन प्रयोगका लागि उम्मेदवारले निर्वाचन अधिकृतलाई निवेदन दिनुपर्ने छ । 

आयोगले जारी गरेको निर्देशिका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित संख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्ने अनुमतिपत्र जारी गर्नुपर्ने जनाइएको छ । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ७ : ४९ बजे

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी

कार्कीलाई बधाई दिँदै उद्योग सङ्गठन मोरङले भन्यो – लुटपाट, आगजनी तथा विध्वंसमा सङ्लग्नलाई दण्डित गरियोस्‌

काठमाडौँ – पूर्वका उद्योगीहरूको छाता संस्था उद्योग सङ्गठन मोरङले नवनियुक्त

जिल्ला कारागार चितवनमा २३५ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय चितवनबाट फरार कैदीबन्दीमध्ये २३५ जना कारागारको सम्पर्कमा

पाँच दिनपछि खुल्यो गड्डाचौकी नाका

दोधारा चाँदनी– नेपालमा ‘जेनजी’को आन्दोलनपछि बन्द भएको गड्डाचौकी नाका पाँच

चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय

काठमाडौं– सरकारले वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र