ऊर्जा मन्त्रीले उद्योगीलाई भने : अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ | Khabarhub Khabarhub

ऊर्जा मन्त्रीले उद्योगीलाई भने : अहिलेको समस्या क्षणिक हो, भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ


१९ बैशाख २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी छन् ।

मन्त्रालयमा सोमबार भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबडी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गरेकी हुन् । सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाए । उनले भने, “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गरिन् । उनले भने, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”

त्यसैगरी मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै आत्तिनुपर्ने अवस्था नहरेको बताए। उनले भने “यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ ।” त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरे। 

छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए । उनले भने, “विद्युत आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुपर्‍यो ।” त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गरेका थिए । 

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  ८ : १२ बजे

उत्तरी इजिप्टमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु

कायरो– इजिप्टको उत्तरी मेनुफिया गभर्नरेटमा शुक्रबार एउटा ट्रक (लोरी) र

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ऐतिहासिक र सांस्कृतिक महत्त्व

विवादमा दिलजित, भने– बलिउडबाट कामको आश छैन

काठमाडौं – भारतीय कलाकार दिलजित दोसाँझको फिल्म ‘सर्दार जी ३’

पर्सामा ट्रयाक्टर दुर्घटनामा परेर दुई जनाको मृत्यु, एक घाइते

वीरगञ्ज– पर्सामा ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु