निःशुल्क आँखा शिविरबाट ३०० लाभाविन्त « Khabarhub

निःशुल्क आँखा शिविरबाट ३०० लाभाविन्त


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट ३०० बढी लाभान्वित बनेका छन् ।

म्याग्दी जेसीजको २४ औँ स्थापना दिवसको अवसरमा सञ्चालित जेसीज सप्ताहको चौथो दिन बुधबार जेसीज पुलाचौरमा शिविर आयोजना गरिएको थियो ।

शिविरमा ३०५ ले आँखा परीक्षण सेवा लिएको म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँले जानकारी दिए । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँको नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण सेवा दिएको थियो ।

शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि, १०५ जनालाई चस्मा वितरण गरिएको छ । शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले जानकारी दिए ।

म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजनार नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् । शिविरको बेनी नगरपालिका–५ का वडाध्यक्ष गोविन्द बाँनियाले उद्घाटन गरेका थिए।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ६ : ५० बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र