अमेरिकाको एक अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु « Khabarhub

अमेरिकाको एक अस्पतालमा गोली चल्यो, ४ जनाको मृत्यु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको ओक्लाहोमाको तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पतालमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा चार जनाको मृत्यु भएको छ।

एक साताअघि टेक्सासको एक विद्यालयमा भएको गोलीकाण्डलाई लिएर अमेरिकीहरू शोकमा डुबिरहेका बेला बुधबार फेरि गोली चलेको हो ।

आक्रमणमा बन्दुकधारी पनि मारिएका छन् । उनले आफैँलाई पनि गोली प्रहार गरे वा प्रहरी कारबाहीमा मारिए भन्ने बारेमा प्रष्ट भइसकेको छैन।

‘हामी सेन्ट फ्रान्सिस अस्पतालमा गोलाबारी गर्ने व्यक्तिसहित ४ जनाको मृत्यु भएको पुष्टि गर्न सक्छौं । अधिकारीहरूले अझै भवन खाली गरिरहेका छन् । थप जानकारी आउन बाँकी छ’, तुल्सा प्रहरीले आफ्नो आधिकारिक अकाउन्टबाट खाताबाट ट्वीट गरेको छ ।

आक्रमणबारे प्रहरीले राष्ट्रपति जो बाइडेनलाई जानकारी गराएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ४७ बजे

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र