स्रष्टालाई सम्मान तथा पुरस्कार | Khabarhub Khabarhub

स्रष्टालाई सम्मान तथा पुरस्कार


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी कलाकर्मी र पत्रकारलाई विभिन्न पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित गरेको छ ।

राजधानीको बागबजारस्थित हार्दिक होटेलमा आयोजित समारोहबीच हरितारा चलचित्र पुरस्कार, श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार, फिल्मर्की चेतन कार्कीको नामबाट यसै वर्ष थालनी गरिएको चेतन कार्की स्मृति पुरस्कार र परिवर्तन सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा वर्ष २०७७ र ०७८ को हरितारा चलचित्र पुरस्कार क्रमशः अभिनेत्री मिथिला शर्मा र पत्रकार विदुर गिरीलाई प्रदान गरिएको छ ।

चार दशकभन्दा बढी समयदेखि फिल्म क्षेत्रको उत्थान, संरक्षण र पेशाकर्मीको हक हितका साथै नेपाली कला संस्कृति, रंगमञ्च एवं नेपालको गौरव देश विदेशमा पुर्‍याउन महङ्कवपूर्ण योगदान पुर्‍याएबापत अभिनेत्री शर्मालाई सो पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी, तीन दशकभन्दा बढी समयदेखि पत्रकारिताको माध्यमबाट नेपाली कला संस्कृति तथा फिल्म क्षेत्रको प्रवर्द्धन र पेसाकर्मीको उत्थानका लागि देश/ विदेशमा योगदान पुर्‍याएबापत पत्रकार गिरीलाई ०७८ सालको हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ। २०५२ सालमा समाजसेवी श्रीमती विजया राणा (तारा नानी) ले पति हरि शम्सेरसमेतको नाममा अक्षय कोष खडा गरी स्थापना गरेको हरितारा चलचित्र पुरस्कार फिल्म क्षेत्रकै पहिलो पुरस्कार हो ।

त्यस्तै, गीतकार, लेखक, निर्देशक तथा सस्कृतिकविद स्वः चेतन कार्कीको स्मृतिमा यसैबाट स्थापित चेतन कार्की स्मृति पुरस्कार ११ हजार एक सय ११ रुपियाँसहित लेखक निर्देशक अभिनेता देशभक्त खनाललाई प्रदान गरिएको छ भने परिवर्तन पत्रकारिता विशेष सम्मान सञ्चारकर्मी दिनेश सिटौलालाई प्रदान गरिएको छ ।

यसैगरी, परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले आफ्ना माता पिता श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार २०७७ र २०७८ सालका लागि क्रमशः अभिनेता विनोद श्रेष्ठ र प्राविधिक मनोज केसीलाई प्रदान गरिएको छ। पुरस्कारको राशी जनही १० हजार रुपियाँ रहेको छ ।

कार्यक्रममा फिल्म क्षेत्रमा विशेष योगदान पुर्‍याएवापत निर्देशक मदन घिमिरे, निर्माता–निर्देशक ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, लेखक– निर्माता मौनता श्रेष्ठ र अभिनेता राजकुमार शाहलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गरिएको छ भने प्रारम्भका दिनमा परिवर्तन नेपालसँग आबद्ध भई आ–आफ्नो क्षेत्रमा योगदान पुर्‍याएवापत चरित्र अभिनेत्री शारदा गिरी (काली बुढी), निर्देशक जनक खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल दिपाशा विसी, खेलाडी–कलाकार नन्दा बस्याल, रंगकर्मीहरु मञ्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई परिवर्तन सम्मानबाट सम्मान गरिएको छ।

नारी शक्तिका रुपमा केवल महिलालाई अतिथि बनाइएको कार्यक्रममा हरितारा चलचित्र पुरस्कारकी संरक्षक मालिका राना, फिल्मकर्मी चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, समाजसेवी शाबित्री कोईराला, नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापा, अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौला, रेजिना उप्रेती, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, फिल्म निर्देशक सम्झना उप्रेती रौनियार र आयोजक संस्था परिवर्तन नेपालका केन्द्रिय अध्यक्ष मोहन निरौलाले पुरस्कार र सम्मान प्रदान गरेका थिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : ३० बजे

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य

संविधानसभा सदस्य यादवको निधन

बारा– संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो