एक करोडभन्दा बढीमा निर्मित भजन भवन प्रयोगविहीन « Khabarhub

एक करोडभन्दा बढीमा निर्मित भजन भवन प्रयोगविहीन


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको एउटा ऐतिहासिक भजन घर पुनर्निर्माण सम्पन्न भए पनि प्रयोगमा आउन सकेको छैन । भक्तपुर नगरपालिका-४ नासमनामास्थित ऐतिहासिक श्यामसुन्दर रास भजन भवन प्रयोगविहीन अवस्थामा छ ।

पुनर्निर्माण सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि अन्तिम चरणका केही काम हुन नसक्दा लामो समयसम्म भजन घर प्रयोगविहीन बन्न पुगेको हो । भजन घर एक करोड २५ लाखमा निर्माण सम्पन्न भएको थियो । भजन घर पुनर्निर्माण सके पनि प्रयोगमा ल्याउन सामान्य काम नसकिँदा प्रयोगविहीन बनेको हो । भजन घर प्रयोगमा ल्याउन रङरोगन, विद्युत, पानी आदिको व्यवस्था नहुँदा भजन घर प्रयोगविहीन बनेको हो । यी कामका लागि तीन लाख रुपैयाँको लागत इष्टमेट थियो । तर त्यो तीन लाख रुपैयाँ अहिलेसम्म सरोकारवाला निकायबाट प्राप्त भएको छैन । उक्त  रकम अड्कँदा भजन घर निर्माण सम्पन्न भएको धेरै वर्ष भए पनि प्रयोगविहीन बनेको हो । 

भजन घरसँगै घर भएका स्थानीय डा. इन्दुल केसी हाती छिर्यो, पुच्छर अड्क्यो जस्तो अवस्था अहिले भजन घरमा भइरहेको बताउँछन् । पुरातत्व विभागले पुनर्निर्माणका लागि एक करोडभन्दा बढी पैसा दिएको तर सामान्य रंगरोगनलगायतका काम गर्न तीन लाख रुपैयाँ निकासा नहुँदा भवन प्रयोग गर्न नमिलिरहेको उनले सुनाए ।  केसीका अनुसार स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले पुरातत्व विभागलाई रकम पठाउन पटकपटक ताकेता गरिरहेको छ । तर विभाग वा केन्द्र सरकारले चासो नदेखाउँदा अहिलेसम्म पनि रकम निकासा हुन सकेको छैन । यही कारण भवन प्रयोगमा समस्या देखिएको हो । 

२०७२ को महाभूकम्पबाट भजन घरमा क्षति पुगेको थियो । पछि यो भजन घर बस्न नमिल्ने अयोग्यमा परेको थियो । यसपछि भजन घरको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले ठेक्कामा पुनर्निर्माण गर्न लगाएको थियो । १९९४ सालमा स्थापित यो भक्तपुरकै पुरानो भजन घर रहेको बताइन्छ । यो श्यामसुन्दर रास भजन मण्डल र श्री बुलाँंखु गणेश ढल्चा भजन दुईवटाको संयुक्त स्वामित्वमा रहेको छ ।  भजन घरको भुइँतल्लामा दुईवटा पसल कवल भाडामा दिइएको छ । भाडावालले भाडा नतिर्दा भजन घरसँग बजेट नभएको हो ।जन घरको माथिल्लो तल्ला मात्रै सञ्चालनमा ल्याउन समस्या परेको छ ।

भजन घर भक्तपुर नगरको मुख्य बजारको बाटो नासमनामा रहेको छ । भजन घर चार तल्लाको छ । ढलान नगरी परम्परागत रूपमै भजन घर पुनर्निर्माण गरिएको छ । इँटा माटो जोडाइबाटै भजन घर बनाइएको हो । अगाडिको मोहडा पनि परम्परागत रूपमै छ । माथि छानामा काठ राखेर झिँगटी छाइएको छ ।  भजन घरभित्र श्यामसुन्दर रारा रुक्मिणीको आकर्षक मूर्ति पनि स्थापित भइसकेको छ । भजन घर पुनर्निर्माणका लागि नक्सा पास र डिजाइन भक्तपुर नगरपालिकाले निःशुल्क रूपमा गरिदिएको थियो । पुरातत्व विभागले दिएको बजेटबाट भजन घरको पुनर्निर्माण सम्पन्न भएको हो ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १२ : ५१ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा