यार्सा सिजन सुरू, विद्यालयमा पठनपाठन प्रभावित  « Khabarhub

यार्सा सिजन सुरू, विद्यालयमा पठनपाठन प्रभावित 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्रीछायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गरिएका हुन् ।

उनीहरू सातु, माल सामान, खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । विद्यार्थी यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको हो ।

केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए । भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको प्रधानाध्यापक उपाध्यायले बताए । १५ जेठदेखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि पढाइ पुन: सुरु हुने अपेक्षा छ । शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थी पढाइ छोडेर यार्सा टिप्न पाटन जाने गर्छन । 

यार्सा संकलन गरेरै उनीहरूले पढाइ खर्च पनि आफैँ जुटाउने गरेको शिक्षकहरू बताउँछन् । यार्सा बेचेर कमाएको पैसाले उनीहरू कापी, कलम, जुत्ता, मोबाइललगायत सामग्री किन्ने गर्छन् । जसकारण यस क्षेत्रका स्कुल यो सिजनमा एक महिनासम्म सुनसान हुने गरेको प्रधानाध्यापक उपाध्याको भनाइ छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  २ : ०५ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि