यार्सा सिजन सुरू, विद्यालयमा पठनपाठन प्रभावित  « Khabarhub

यार्सा सिजन सुरू, विद्यालयमा पठनपाठन प्रभावित 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यार्सागुम्बा टिप्न पाटनतिर गएपछि डेढ दर्जन विद्यालय बन्द भएका छन् । गाउँपालिकाको मुगु, डोल्फु, ताखा, खारी, रिउस, पुवा, दाउरा, डोल्फू, माग्रीछायाँनाथ रारा नगरपालिकाको रोवा, रुगालगायत विद्यालयमा कक्षा ५ देखि १० सम्मका छात्रछात्रा यार्सा टिप्न गएपछि विद्यालय बन्द गरिएका हुन् ।

उनीहरू सातु, माल सामान, खाजा बोकेर यार्सा संकलन गर्न पाटनतिर हिँडेपछि कार्मारोङ गाउँपालिकाका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । विद्यार्थी यार्सा संकलन गर्न उच्च हिमाली क्षेत्र पाटनतर्फ लागेपछि बुद्ध माध्यमिक विद्यालय, प्रभात माध्यमिक रोवासहित अन्य २६ वटा सामुदायिक विद्यालयको पढाइ प्रभावित बनेको हो ।

केही स्कुलमा भने केही दिनयता कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरू मात्र आउने गरेका छन् । कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थी यार्सा टिप्न पाटन गएपछि पठनपाठन प्रभावित भएको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाप्रसाद उपाध्यायले बताए । भर्ना अभियान सकेर पढाइ सुरु हुनासाथ विद्यार्थी स्कुल छोडेर यार्सा संकलन गर्न पाटन हिँडेको प्रधानाध्यापक उपाध्यायले बताए । १५ जेठदेखि पाटन उक्लिएका विद्यार्थीहरू असार अन्त्यपछि मात्रै घर फर्किने र त्यसपछि पढाइ पुन: सुरु हुने अपेक्षा छ । शिक्षकहरूका अनुसार हरेक वर्ष यार्सा टिप्ने मौसममा अधिकांश विद्यार्थी पढाइ छोडेर यार्सा टिप्न पाटन जाने गर्छन । 

यार्सा संकलन गरेरै उनीहरूले पढाइ खर्च पनि आफैँ जुटाउने गरेको शिक्षकहरू बताउँछन् । यार्सा बेचेर कमाएको पैसाले उनीहरू कापी, कलम, जुत्ता, मोबाइललगायत सामग्री किन्ने गर्छन् । जसकारण यस क्षेत्रका स्कुल यो सिजनमा एक महिनासम्म सुनसान हुने गरेको प्रधानाध्यापक उपाध्याको भनाइ छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  २ : ०५ बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा