‘सर्वजित’ निर्देशन गर्दै दिनेश डिसी « Khabarhub

‘सर्वजित’ निर्देशन गर्दै दिनेश डिसी


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्देशक दिनेश डिसी केही समयको विश्राम पश्चात निर्देशनमा फर्किने भएका छन् । भगत सर्वजित विश्वकर्मा प्रतिष्ठानको प्रस्तुतिमा दलित महिला केन्द्रले निर्माण गर्ने र मेगा आर्ट एण्ड इन्टरटेनमेन्टले निर्माण व्यवस्थापन गर्ने दलित आन्दोलनको पहिलो अगुवा मानिने भगत सर्वजीत विश्वकर्माको जीवनीमाथि निर्माण हुने फिल्मलाई डिसीले निर्देशन गर्न लागेका हुन् । 

विश्वकर्माले १९९७ सालमा विश्व सर्वजन नामक संगठन स्थापना गर्दै सांगठनिक रूपमै दलित आन्दोलनको सुरुवात गरेका थिए । बागलुङ नगरपालिका-७ मा पर्ने साविकको मूलपानी गाविसको गैरागाउँमा १९५० सालमा जन्मिएका सर्वजित सानैदेखि विद्रोही स्वभावका थिए । त्यतिबेला नेपालमा दलितलाई अध्ययनको वातावरण नभएकाले उनले भारतको बनारस पुगेर संस्कृतमा आचार्य अध्ययन गरेका थिए । आचार्य उपाधि पाएपछि उनलाई भगत सर्वजित भन्न थालिएको हो ।उनले हिन्दु धर्मको गहिरो अध्ययन गरेका थिए । दलित आन्दोलन चर्किँदै गर्दा उनी छोरासहित भारतमा निर्वासित भए । सन् २०१२ सालमा भारतमै उनको निधन भयो ।

आउँदो शनिबार फिल्म निर्माणको घोषणा प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ । डिसीको निर्देशन रहने बायोपिक फिल्म ‘सर्वजीत’ लाई शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले मुहूर्त गर्ने कार्यक्रम छ । यो ऐतिहासिक नेपाली फिल्मको छायांकन भदौ अन्तिमदेखि सुरु हुने भएको छ । रंगमञ्चका कलाकारलाई लिएर बनाउन लागिएको फिल्ममा सबै नयाँ कलाकार हुनेछन् । 

क्यारेक्टर माथि स्टारडम हावी नहोस् भनेर उनले अभिनय गर्ने सक्ने नयाँ अनुहारहरुलाई अभिनय गराउने तयारीमा छन् ।  १ करोड २५ लाख रुपैयाँ बजेटमा निर्माण हुने फिल्मको तयारी केही समय अगाडिबाट चलेको थियो । पछिल्लो फिल्म ‘फुलै फुलको मौसम तिमीलाई’ पश्चात डिसी फिल्म निर्देशन भन्दा पनि अभिनय, शो, रेडियो, टेलिभिजन लगायतमा व्यस्त थिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ४ : २३ बजे

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्