सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ  « Khabarhub

सफ्टवेयरको सोर्स कोड चोरी गरी बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ 


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका १ किहुँ घर भएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । उनले ललितपुर सानेपामा म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्चालन गर्दै आएका छन् । 

‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको भन्‍दै प्रहरीको साइबर ब्‍यूरोले पक्राउ परेको हो । उनले उक्त सफ्टवेयरको सोर्स कोड चोरी गरी विभिन्‍न स्थानीय तहमा बिक्री गर्दै आएका थिए । 

पक्राउ परेका सिग्देलविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको साइबर ब्‍यूरोले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : २४ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित