पौडी खेल्ने क्रममा एक जनाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा एक जनाको मृत्यु


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको फत्तेपुरस्थित रहेको त्रियुगा खोलामा पौडी खेल्ने क्रममा बिहीबार एक जनाको डुबेर मृत्यु भएको छ। उदयपुरको बेलका नगरपालिका ४ रामपुर लालसिसुवाका ३२ वर्षीय प्रवीण खत्रीको डुबेर मृत्यु भएको सप्तरीको प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

खोलामा पौडी खेल्न क्रममा बेपत्ता भएपछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा तीन सय मिटर पूर्व दक्षिणस्थित सोही त्रियुगा खोलामा खत्री मृत फेला परेका हुन् । मृतक शवको कानुन बमोजिम मुचुल्का उठाई थप अनुसन्धान  भइरहेको छ भने शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी बेल्टभर लगिएको छ ।

 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : २७ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका