दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक: वरिष्ठ नेता पौडेल « Khabarhub

दमौलीको सौन्दर्यकरणलाई हरियाली पार्क आवश्यक: वरिष्ठ नेता पौडेल


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ स्थित बीपी वनवाटिकामा निर्माणाधीन अवस्थामा रहेको सभागृहको आज निरीक्षण गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइमार्फत निर्माण भइरहेको सभागृहको वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन् । वरिष्ठ नेता पौडेलले सभागृहको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे जानकारी लिएका छन् ।

वरिष्ठ नेता पौडेलले सभागृह आसपास रहेको खाली जग्गामा उद्यान निर्माणका लागि चासो व्यक्त गरेका थिए । सभागृहको बाहिरपट्टि रहेको ठाउँमा हरियाली उद्यान, चिल्ड्रेन पार्कलगायतका संरचना निर्माण गर्नुपर्नेमा पौडेलले जोड दिए । “दमौलीको सौन्दर्यकरणका लागि पनि हरियाली पार्क आवश्यक छ, प्रशासन कार्यालयको पुरानो भवन भत्काएर पानीको फोहोरासहितको पार्क बनाउनुपर्छ”, पौडेलले भने ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले सभागृह बाहिरको ठाउँमा वृक्षरोपणका लागि वन कार्यालयले सहयोग गर्ने बताए । निरीक्षणमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख शान्तिरमण वाग्लेलगायत सहभागी थिए । विसं २०७४ माघ २८ गतेदेखि निर्माण सुरु भएको भवन कोरोना कहरका कारण ढिलाइ भएको थियो । विसं २०७७ असार १५ गतेभित्र सम्पन्न गर्नुपर्ने उक्त भवन कोरोनाको चपेटामा परेको थियो । भ्याटबाहेक रु २३ करोड ६२ लाख ४३ हजार ३३१ रुपैयाँको लागतमा भवन निर्माण भएको थियो । 

सभाहल निर्माण सम्पन्न भएको मितिदेखि एक वर्षसम्म मर्मतसम्भारको अवधि राखिएको छ । ७५० जना क्षमता भएको सभाहलको बेस ग्राउण्डमा २० वटा कार तथा ७० वटा मोटरसाइकल पार्किङ गर्न सकिनेछ । उक्त भवनमा मुख्य सभाहलबाहेक १५० जना क्षमताको सेमिनार हल निर्माण हुनेछ । सभाहल बाहिर फाउण्टेनसहितको भिआइपी पार्किङस्थलसमेत रहनेछ । सभाहल ५३ मिटर लम्बाइ, १५ उचाइ र २५.५ चौडाइको हुनेछ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : ४८ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका