पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश « Khabarhub

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा पुर्पक्षको लागि तनहुँ जिल्ला कारागारमा थुनामा रहेका अभिनेता पल शाहलाई थुनामै राख्ने आदेश दिएको छ । बिहीबार उच्च अदालत पोखराले शाहलाई थुनामै राखेर अनुसन्धान अघि बढाउने आदेश दिएको हो । नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको बिहीबार साँझ संयुक्त इजलासले उक्त आदेश सुनाएको हो । यसअघि तनहुँ र नवलपुर अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाह पक्षधर वकिलहरूले थुनाबाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने भन्दै उच्च अदालत पोखरामा दुवै जिल्लाको थुनछेक आदेशविरुद्ध निवेदन दिएका थिए ।

बिहीबार उच्चमा भएको सुनुवाइमा अभिनेता शाहको तर्फबाट पाँच जना र ‘पीडित’ नाबालिगको तर्फबाट उच्च सरकारी वकिलको कार्यालयबाट एकजना सरकारी वकिलले मात्रै बहस गरेका थिए। पीडितको पक्षमा यसअघि तनहुँ र नवलपुरमा बहस गरेका वकिलहरुले उनले बयान फेरेसँगै मुद्दाबाट हात झिकिसकेका छन् । उच्च अदालतमा न्यायधिशसामु धरौटीमा छोड्ने वा साधारण तारेखमा छाड्ने या थुनामै राखेर अनुसन्धान गर्ने तीन विकल्प थिए ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ७ : ४१ बजे

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई