प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

प्रतिबन्धित लागूऔषधसहित एक जना पक्राउ


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गोरखाबाट प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोर्खाको सिरानचोक गाउँपालिका-७ घर भई हाल काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-७ हात्तिगैडा बस्ने ३४ वर्षीय तुलबहादुर ढकाललाई पक्राउ गरेको हो । ढकाललाई उनकै डेराबाट लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तुलबहादुर लगायतका मानिसले अवैध लागूऔषधको कारोबार गर्छन् भन्ने गोप्य सूचनाका आधारमा ढकाललाई निगरानी गरी उनी बस्ने कोठामा खानतलासी गर्दा ब्लाङकेटले छोपेर झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा डाइजेपामएमएल १०२० थान नुफिनएमएल लेखिएको ८५५ थान र  फेनारगनएमएल लेखिएको ८५० थान समेत गरी जम्मा २,७२५ एम्पुल नियन्त्रित लागू औषध फेला पारी गोेरखाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीको लागी प्रहरी वृत महाराजगंज पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  ८ : ११ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित