राइड शेयररिङमा थपियो ‘सजिलो’ एप, राइडरलाई ६ महिना कमिसन फ्री, उपभोक्तालाई विशेष छुट « Khabarhub

राइड शेयररिङमा थपियो ‘सजिलो’ एप, राइडरलाई ६ महिना कमिसन फ्री, उपभोक्तालाई विशेष छुट


१९ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सजिलो साथीले राइड शेयरिङ एप ‘सजिलो’ बजारमा ल्याएको छ ।

गत बैशाख १ गते देखि सजिलो साथीले तत्कालका लागि काठमाडौं उपत्यकाका तीन जिल्लामा सेवा दिने गरी नयाँ राइड शेयरिङ एप ‘सजिलो’ सार्वजनिक गरेको हो ।

अहिलेलाई यसको बेटा भर्जन सार्वजनिक गरिएको छ । तीन महिनापछि एपको फूल भर्जन सार्वजनिक गरिने तयारी रहेको छ ।

पछिल्लो समय नेपाली बजारमा धेरै विदेशी कम्पनीले विभिन्न राइड शेयरिङ एप सञ्चालन गरिरहेका बेला सजिलो साथीले भने नेपालकै उत्पादनमा राइड शेयररिङ एप ‘सजिलो’ सञ्चालनमा ल्याएको हो ।

सजिलो साथीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमिर लामाका अनुसार यो एपले अहिले उपभोक्ताहरुलाई मोटरसाइकल, ट्याक्सी र समान बोक्ने (हात्ती) गाडी को सेवा उपलब्ध गराउँदै आएको छ ।

उनका अनुसार सजिलो साथीले हालका लागि ६ महिनासम्म राइडरहरुलाई कमिसन फ्री गरिने घोषणा गरेको छ । जस अनुसार आगामी असोज मसान्तसम्म ‘सजिलो’ मा आबद्ध हुने राइडरहरुले कम्पनीलाई कुनै पनि शुल्क बुझाउनु पर्दैन ।

कम्पनीका अनुसार ६ महिनापछि पनि राइडरहरुलाई फाइदा पुग्ने गरी सेवा दिने योजना अगाडि सारिनेछ ।

राइड शेयररिङ एप ‘सजिलो’ निकै नै सस्तो, भरपर्दो र सुरक्षित रहेको कम्पनीको दाबी छ । देशकै उत्पादन भएकाले पनि ‘सजिलो’ एप राइडर र सेवाग्राही दुवैका लागि सस्तो भएको कम्पनीका सीईओ लामाले बताए । ‘सजिलो’ ले दिने सेवा सस्तो सुलभ र सुरक्षाका दृष्टिकोणबाट पनि निकै नै भरपर्दो रहेको कम्पनिको दाबी छ ।

लामाका अनुसार सेवाग्राहीले राइड अनुरोध गरेको २.५ मिनेट भित्र कुनै पनि राइडरले अनुरोध स्वीकार नगरेको खण्डमा सेवाग्राहीले सिधै एडमिनलाई फोन गरेर निशुल्क राइडर बोलाउन सक्ने व्यवस्था उपलब्ध गराएको छ । तर त्यस्तो परिस्थितिमा भने राइडर आउन केही समयमा लाग्ने छ । सीईओ लामाले भने, ‘राइडरले अनुरोध स्वीकार नगरेर ग्राहकले सिधै हाम्रो एडमिनलाई खबर गर्दा अर्को राइडर ग्राहकसम्म पुग्न भने लोकेशन हेरेर २० देखि २५ मिनेटसम्म चाहिं लाग्न सक्छ ।’

सीईओ लामाका अनुसार सेवाग्राहीले प्रत्येक राइड प्रयोग गरे बापत २० रुपैयाँ छुट हुने र प्रत्येक १० राइड लिए बापत १५ प्रतिशत क्यासब्याक समेत गरिने छ ।

अहिले काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र रहेको ‘सजिलो’ एपको सेवालाई निकट भविष्यमा नै देशभर विस्तार गर्ने योजना रहेको सीईओ लामाले बताए । सजिलो साथीको सेवा लिन सेवाग्राहीले गुगल प्ले स्टोर र एप स्टोरमा गएर सजिलो साथी सर्च गरी डाउनलोड गरेर सेवा लिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७९, बिहीबार  १० : ०७ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक