इन्दिराको ‘पछ्यौरी’ मा निराजन (भिडियो)  « Khabarhub

इन्दिराको ‘पछ्यौरी’ मा निराजन (भिडियो) 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायिका इन्दिरा जोशीले आफ्नो शब्द , संगीत र स्वरमा गीत ‘पछ्यौरी’ सार्वजनिक गरेकी छिन् । ‘रातो घाँघर’ सार्वजनिक गरेकी इन्दिराले १२ वर्षपछि ‘पछ्यौरी’ बोलको गीत दर्शक तथा श्रोतामाझ ल्याएकी छिन् ।

गायिकाले दर्शकको माया पहिलेको जस्तै पाउने विश्वास व्यक्त गरिन् । गायिका जोशीले भिडियो खिच्नका लागि केही गाह्रो भएपनि दर्शकको चाहनाअनुसार काम गरेको बताइन् । यस्तै, मोडल निराजन प्रधानले इन्दिरासँग पहिलो पटक काम गर्दा आफूलाई खुसी लागेको प्रतिक्रिया दिए । 

‘गीतको ट्युन यत्तिकै आयो । त्यसपछि मैँले यसलाई तयार गरेकी हुँ । मलाई मेरो डान्सिङ गीतहरू कम छ झैँ लाग्छ । त्यसैले आउँदो दिनमा समेत यस्तै किसिमको गीत लिएर दर्शक तथा स्रोता समक्ष आउने छु’ इन्दिराले भनिन् । यो गीतलाई इन्दिराले लोक र पप शैलीमा तयार पारेकी छिन् । गीतको भिडियोलाई प्रविण सिंहले कोरियाग्राफी तथा निर्देशन गरेका हुन् । भिडियोमा हरि हुमागाईँको छायांकन, प्रविण श्रेष्ठको सम्पादन छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : ०९ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ