अभ्यास खेलमा नेपालको जित « Khabarhub

अभ्यास खेलमा नेपालको जित


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले अभ्यास खेलमा जित निकालेको छ ।क्यानडाको ओन्टारियोस्थित किङ्ग सिटीमा शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोलीलाई ६९ रनले पराजित गरेको हो । २ सय २१ रनको लक्ष्यमा जबाफी ब्याटिङ गरेको ओन्टारियोलाई नेपालले ४२ ओभर ५ बलमा समेट्न सफल भयो ।

घरेलु टोलीलाई सस्तैमा समेट्न नेपालका पवन सराफले ३ तथा दीपेन्द्र सिंह ऐरी, आरिफ शेख र किशोर महतोले २–२ विकेट लिए ।  पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २० रन बनायो । नेपालका लागि विनोद भण्डारीले ५७ रन बनाए भने आरिफ शेखले ४२ रन जोडे । अब नेपालले राष्ट्रिय क्यानडा क्रिकेट टोलीसँग २ एकदिवसीय खेल खेल्नेछ ।

पहिलो खेल असार २० र दोस्रो खेल असार २१ गत खेलिनेछ । यसपश्चात् विश्व कप लिग २ मा प्रतिस्पर्धा गर्न जनाउन नेपाल स्कटल्याण्ड जानेछ ।  लिग २ मा नेपालले नामिबिया र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १२ : १२ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा