बलिउडका खानेकुराको सौखिन कलाकारहरू  « Khabarhub

बलिउडका खानेकुराको सौखिन कलाकारहरू 


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो मनपर्ने कलाकारको जीवनका बारेमा जान्न जोकोही फ्यान उत्सुक हुन्छन् । फ्यानहरूलाई कलाकारहरूले कुन खानेकुराको सौखिन छन् भन्ने कुरामा झन चासो राख्छन् । यहाँ बलिउडका लोकप्रिय कलाकारको मनपर्ने खानेकुराको बारेमा उल्लेख गरिएको छ ।

अमिताभ बच्चन

अमिताभ बच्चन उमेरले ७९ वर्ष पुगिसके, तर उनी फिल्ममा निरन्तर सक्रिय छन् । यो उमेरमा पनि उनी फिट छन् । विलासी जीवन बिताए पनि खानेकुराको मामलामा उनी साधारण जीवन अपनाउँछन् । उनी भिण्डी अत्याधिक मन पराउँछन् ।

ऋतिक रोशन

खाजामा समोसा सबैको प्रिय हो । तर, केही मानिसहरू मोटो भएकै कारण समोसा खान डराउँछन् । तर, अभिनेता ऋतिक रोशन समोसाको सौखिन हुन् ।

कट्रिना कैफ

हरेक युवती कट्रिना कैफ जस्तो फिट रहने चाहना राख्छन् । तर, कमैलाई थाहा होला, उनी खानको सौखिन हुन् भन्ने। उनलाई पेन कके निकै मनपर्छ । उनी प्रायः पेन केक आफ्नो स्टोरीमा राखिरहेका हुन्छिन् ।

दीपिका पादुकोण

अभिनेत्री दीपिकाले कयौं प्लेटफर्ममा आफू खानेकुराको सौखिन रहेको स्वीकारेकी छन् । तर, उनको फिटनेस हेर्दा उनी खानको सौखिन छिन् भन्ने कुरा पत्याउन मुस्किल पर्छ । दीपिकालाई रसम राइस निकै मनपर्छ । साउथको यो लोकप्रिय खानेकुरालाई उनी बिना हिच्किचाहट खान्छिन् ।

शाहरुख खान

शाहरुखको विलासी जीवनबारे जोकोही जानकार छन् । तर, एक समय उनी खानका निकै सौखिन थिए । अहिले खाने र पिउने मामलामा उनी कम सक्रिय रहे पनि कुनै बेला उनको लोकप्रिय खानेकुरा चिकन तन्दुरी थियो ।

सलमान खान

सलमान बिरयानीको सौखिन हुन् । उनले जब समय पाउँछन्, बिरयानी खाइहाल्छन् । ईदको मौकामा उनले मिडियालाई पनि बिरयनी खुवाउन भुल्दैनन् ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : ३० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,