सरोज, सुधिर, विना र श्रद्धाको ‘ ए माया’ (भिडियो) « Khabarhub

सरोज, सुधिर, विना र श्रद्धाको ‘ ए माया’ (भिडियो)


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको ‘ ए माया’ बोलको गीतको म्युजिक भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका गायक अनिल जोशी र गायिका रचना रिमालको स्वरमा समावेश यो गीतमा विष्णु भट्टको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतले युवतीहरूलाई युवाहरूले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । भिडियोमा सुधीर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बालकलाकार आर्या रेग्मीको अभिनय छ ।

निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चन्दले हतारमा यो भिडियो तयार पार्नुपरेपनि सबैको साथले राम्रो बनेको प्रतिक्रिया दिए । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : २७ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन