सरोज, सुधिर, विना र श्रद्धाको ‘ ए माया’ (भिडियो) « Khabarhub

सरोज, सुधिर, विना र श्रद्धाको ‘ ए माया’ (भिडियो)


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सेभेन ११ म्युजिक फ्याक्ट्रीको निर्माणमा तयार भएको ‘ ए माया’ बोलको गीतको म्युजिक भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका गायक अनिल जोशी र गायिका रचना रिमालको स्वरमा समावेश यो गीतमा विष्णु भट्टको शब्द तथा संगीत छ ।

सार्वजनिक गीतले युवतीहरूलाई युवाहरूले जिस्काएको भाव बोकेको छ । भिडियोलाई पछिल्लो पुस्ताका सर्वाधिक लोकप्रिय र सफल निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले डान्सिङ शैलीमा यो भिडियोलाई तयार पारेका छन् । भिडियोमा सुधीर श्रेष्ठ, श्रद्धा क्षेत्री, विना राउत र सरोज प्रजाको साथमा बालकलाकार आर्या रेग्मीको अभिनय छ ।

निर्देशक चन्दले सुधिर र श्रद्धा, विना र सरोजको जोडीलाई भिडियोमा उतारेका छन् । नवराज उप्रेतीको छायांकनमा तयार भएको भिडियोमा शिलन लम्सालको सम्पादन छ । अन्जान रेग्मीले यो भिडियोमा लगानी गरेका छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक चन्दले हतारमा यो भिडियो तयार पार्नुपरेपनि सबैको साथले राम्रो बनेको प्रतिक्रिया दिए । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ६ : २७ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ