साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन « Khabarhub

साफको अध्यक्षमा सलाहुदिन, उपाध्यक्षको टुंगो लागेन


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली फुटबल फेडेरेसन (साफ) को कंग्रेसले काजी मोहम्मद सलाहुदिनलाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको छ । अध्यक्षमा निरन्तरता दिने निर्णय गरेसँगै बंगलादेश फुटबल संघका अध्यक्ष समेत रहेका सलाहुदिनले २०२६ सम्म साफ प्रमुखको भूमिका निर्वाह गर्ने भएका छन् ।

साफको शनिबार बसेको चुनावी साधारणसभाले भुटान फुटबल संघका उग्येन वाङ्चुकलाई महासचिवमा पुनः दोहोर्‍याएको छ । यस्तै, उपाध्यक्षको विषयमा भने साफले टुंगो लगाउन सकेन । उपाध्यक्षमा दुई पद रहनेछ । उपाध्यक्ष आगामी कांग्रेस २०२३ मा हुने साफले जनाएको छ । यसअघि नेपालबाट निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए ।

तर, पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदमा निर्वाचित भएपछि सुन्दरनरसिंह जोशीलाई उपाध्यक्षमा पठाउने निर्णय गरेको थियो । यस्तै, साफ कंग्रेसले महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने निर्णय गरेको छ । 

एन्फाले साफ १३ देखि २५ भदौसम्म नेपालमा आयोजना गर्ने प्रस्ताव गरेको थियो । शनिबारको कंग्रेसले सोही मितिमा प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिएको हो । यस्तै यु–१७ साफ च्याम्पियनसिप श्रीलंकाले आयोजना गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : २७ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन