प्रवासी नेपालीको पीडा झल्काउने सुमनको गीत   « Khabarhub

प्रवासी नेपालीको पीडा झल्काउने सुमनको गीत  


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चलचित्र निर्देशक तथा गीतकार सुमन दाहालले आफ्नो लेखन तथा निर्देशनमा नयाँ गीत छोराछोरी विदेशी भूमिकाको भिडियो दर्शक समक्ष ल्याएका छन् । ७ वर्षदेखि अमेरिकामा बस्दै आएका सुमनले त्यहाँका नेपालीका परिवारको समस्या यो गीतमा लेखेका छन् । गीतलाई बाल कलाकार जेनिश उप्रेतीले गाएका हुन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन, भोला पौडेलको मिक्सिङ छ ।

यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । भिडियोलाई अमेरिकाको ल्याक्सिनटन क्षेत्रमा छायांकन गरिएको छ । गीतबारे निर्देशक तथा गीतकार सुमनले भने, ‘हामी अमेरिका तथा अन्य देशमा बस्नेहरूले पैसा कमाएको मात्र नेपालबाट देख्छन् । तर हामी र हाम्रा सन्तानलाई यहाँ त्यत्तिकै दुःख पनि छ भनेर त्यो पीडालाई गीतमार्फत देखाईएको हो ।’मूलत यो गीतमा छोराछोरी विदेशमा हुँदा स्वेदशमा रहेको बुबा आमा तथा परिवारको पीडा प्रस्तुत गरिएको छ । यस्तै विदेशमै रहेकाहरूको नानीबाबु र उनीहरूको बुबा आमाको पीडा तथा कथालाई पनि यो गीत र भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा पवन गौतमको छायांकन, सुरेश राउतको सम्पादन, अक्की शर्मा र विकास सुवेदीको प्राविधिक सहयोग, उत्सव उप्रेतीको ड्रोन एवम् सुमन दाहालको निर्देशन रहेको छ । भिडियोको सम्पूर्ण छायांकन अमेरिकामै गरिएको हो ।भिडियोमा बाल कलाकार सम्राट दाहाल र समीर दाहालको मुख्य भूमिका छ । उनीहरूलाई स्थानीय बालबालिकाहरू सुभेक्षा उप्रेती, प्राश्ना गौतम, मनिष चन्द, सिमिट्री भट्ट, प्रिन्सी कँडेल, दिष्ना कोइराला, दर्शना कोइराला र फ्लोरिशा तिमल्सिनाले साथ दिएका छन् ।

सुमन विदेशमा रहेर पनि नेपाली कला , संस्कृतिको प्रवर्द्धनमा सक्रिय छन् । नेपाली फिल्मका निर्देशक रहेका सुमनले पत्रकारिता , निर्माण लगायतका विविध विधामा समेत नेपाल रहँदा सक्रियता देखाएका थिए । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ७ : ३८ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले