कलाकार तथा समाजसेवीलाई सम्मान गर्दै विमोचन भयो ‘कलाकर्मी डाइजेष्ट’ « Khabarhub

कलाकार तथा समाजसेवीलाई सम्मान गर्दै विमोचन भयो ‘कलाकर्मी डाइजेष्ट’


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कलाकर्मी मिडिया म्यानेज्मेन्टले प्रकाशन गरेको मासिक पत्रिका ‘कलाकर्मी डाइजेष्ट’ को पहिलो अंकको शनिबार आयोजित एक समारोहमा विमोचन गरिएको छ । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, वरिष्ठ कलाकार हरिहर शर्मा, अभिनेता भुवन केसी, काठमाडौं जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराई, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुर, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नागार्जुना एकेडेमीका प्रिन्सिपल सुनिल विक्रम सिजापतिसहितका व्यक्तित्वले उक्त पत्रिकाको पहिलो अंक विमोचन गरेका हुन्  ।

कलाकर्मी मिडिया म्यानेजमेन्टका लागि पत्रकार कृष्ण भट्टराईद्वारा प्रकाशित उक्त पत्रिकाको सम्पादकमा बबिता ढकाल हुनुहुन्छ । ६८ पृष्ठको उक्त पत्रिका हरेक महिना प्रकाशित हुनेछ । राजनीति, मनोरञ्जन स्वास्थ्य, शिक्षा, पर्यटन, खेलकुद, आर्थिक आदि क्षेत्रका विषयवस्तुहरू समेटिएको कलाकर्मी डाइजेष्ट पत्रिकाको विमोचन गर्दै काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले छापा माध्यमको गति कम भैरहेको अवस्थामा प्रकाशनमा आएको यो पत्रिकाले समाजलाई नयाँ दिशा दिने धारणा व्यक्त गरिन् । 

समारोहमा उपमेयर डंगोलसहितका व्यक्तित्वले विभिन्न क्षेत्रमा अतुलनीय योगदान पुर्याउने पाँच जना व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान-२०७९’ सम्मानित समेत गरिन्। वरिष्ठ कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको हो । सम्मानित व्यक्तित्वको तर्फबाट आफ्नो धारणा व्यक्त गर्दै वरिष्ठ कलाकार हरिहर शर्माले कलाकारले कहिले पनि सम्मानका लागि काम नगर्ने तर यसरी अप्रत्याशित रुपमा सम्मानित हुन पाउँदा सधैँ गौरवको महसुस हुने धारणा व्यक्त गरे ।

समारोहमा कलाकर्मी डाइजेष्टका प्रकाशक कृष्ण भट्टराईले विषम परिस्थितिकाबीच पत्रिकाको प्रकाशन प्रारम्भ गरेर पाठकलाई छापामाध्यमतर्फ पुनः आकर्षित गर्ने प्रयास गरेको बताउनु भयो । कलाकर्मी डाइजेष्टकी सम्पादक बबिता ढकालले छापा माध्यमको महत्व कहिले पनि नघट्ने भएकाले यो पत्रिकाका प्रकाशनमा आएको बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ०२ बजे

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा