२५ वटा फर्म अनुगमनका क्रममा ९ वटालाई कारवाही « Khabarhub

२५ वटा फर्म अनुगमनका क्रममा ९ वटालाई कारवाही


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सरकारले मुलुकभर एकैसाथ बजार अनुगमन सुरु गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले शनिवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै असार १७ गते शुक्रवार केन्द्र, प्रदेश र स्थानीय तहका साथै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एकै साथ अनुगमन गरिएको जानकारी दिएको हो ।

अनुगमनका क्रममा मुलुकभरका विभिन्न स्थानमा ७१ वटा कम्पनीलाई कारवाही गरिएको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।

जसमध्ये विभागले गरेको २५ वटा फर्मको अनुगमनका क्रममा ९ वटालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश १ मा २० फर्ममा अनुगमन गरिएको छ भने मधेस प्रदेशमा गरिएको १३ फर्मको अनुगमनका क्रममा ११ लाई कारवाही गरिएको विभागले जनाएको छ ।

त्यस्तै अन्य स्थानमा पनि प्रभावकारी रूपमा अनुगमन गरिएको शर्माले बताए । त्यस्तै बजारमा चिनीको भाउ महँगिएको विषयमा पनि विभागले आपूर्ति मन्त्रालयलाई अध्ययनका लागि अनुरोध गरिएको उनले बताए ।

त्यस्तै उनले बजारमा अन्य कम्पनीको नूनको विषयमा पनि छानबिन गर्न अनुसन्धान टिम बनाएको र नुनको नमुना परीक्षणका लागि पठाइएको जानकारी दिए ।

यस्तै विभागले ७७ वटा जिल्ला प्रशासन र स्थानीय तहमार्फत देशभर अनुगमनको कार्यलाई निरन्तरता दिने जनाएको छ ।

 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ८ : ५८ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)