किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित « Khabarhub

किरण माल्दिभ्समा दोस्रो पटक सर्वोत्कृष्ट गोलरक्षक घोषित


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग–२०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका छन्।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन्। किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन्। यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो। चौंथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ। ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो। एक खेलमा हार बेहोर्‍यो।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो। दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ। यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ८ : ५६ बजे

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा

कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी वृहत ट्रेड शो, कस्मेटिका २०२५ हुँदै

काठमाडौं– कस्मेटिक, सौन्दर्य र वेलनेस सम्बन्धी नेपालमा पहिलो तथा एकमात्र