एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो « Khabarhub

एन्फा कार्यसमिति बैठक २६ गतेलाई बोलाइयो


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दोस्रो पटक स्थगित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक २६ साउनमा बोलाइएको छ । पछिल्लो समय भागबन्डा नमिलेपछि स्थगित हुँदै आएको बैठक तेस्रो पटकसमेत विभिन्न पदाधिकारी नियुक्तिमै रहनेछ ।  एन्फा स्रोतका अनुसार अघिल्लो १९ एजेन्डामै बैठक हुने बताइएको छ ।

पंकजबिक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएपछि तेस्रो पटकलाई कार्यसमिति बैठक बोलाइएको हो ।  तर, दुवै बैठक स्थगित भएका थिए ।

गत २ साउनमा बोलाइएको पहिलो बैठकमा अध्यक्ष नेम्बाङ अस्वस्थ भएपछि  स्थगित भएको थियो । यस्तै, ४ साउनमा बोलाइएको बैठक एजेन्डामा प्रवेश नगर्दै स्थगित भएको थियो । तर, नियुक्तिका विषयमा कुरा नमिल्दा बैठक रोकिएको थियो ।

बैठक एजेन्डामा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी ( सिइओ, प्रवक्ता, उपमहासचिव, तीन सहमहासचिव , मानार्थ अध्यक्ष)  नियुक्ति रहेको छ । यस्तै, सहिद स्मारक लिगलगायत रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ३९ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ