पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग | Khabarhub Khabarhub

पहिरोपीडितलाई राहतको व्यवस्था गर्न सांसदहरूको माग


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न क्षेत्रमा भएको पहिरोपीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । शून्य समयमा सांसद भूपेन्द्रबहादुर थापाले दुई दिनको अविरल वर्षाका कारण म्याग्दी जिल्लाका विभिन्न स्थानमा पहिरामा परी बेपत्ता भएका परिवारको खोजी गर्न सरकारको ध्यानाकर्षण गराए । उनले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापना गर्नुपर्ने मागसमेत गरे । म्याग्दी जिल्लामा दलित समुदायको बस्ती अत्यन्त जोखिममा रहेको बताउँदै उनले ती बस्तीलाई अन्यत्र स्थानान्तर गर्नसमेत माग गरे ।

सांसद रामबहादुर विष्टले अछाम जिल्लाका विभिन्न स्थानमा अविरल वर्षाका कारण पहिरो आउँदा मानवीय र भौतिक क्षति भएको बताउँदै पहिरोपीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्नुपर्ने माग गरे । महेन्द्रकुमारी लिम्बूले प्रदेश १ को खोटाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर यही साउन १५ गते गएको भूकम्पका कारण भौतिक क्षति भएको बताउँदै उचित राहत र क्षतिपूर्तिको माग गरे । सांसद महेश बस्नेतले मुलुकमा महँगी, भ्रष्टाचार, हत्या, हिंसाका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

सांसद मीनबहादुर विश्वकर्माले बिजुलीबजारस्थित नेपाल चक्रवर्ती हवी कलेजमा शुल्क वृद्धिको विरोधमा गरिएको धर्नाका क्रममा नेपाल विद्यार्थी सङ्घका नेताहरूमाथि प्रहरीले आक्रमण गरी घाइते बनाएको भन्दै आपत्ति जनाए । सांसदद्वय रङ्गमती शाही र मीना सुब्बाले सरकारी र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीबीच विभेद गर्न नहुने भन्दै शिक्षामा सबै विद्यार्थीको समान पहुँचको माग गरे । सांसद मोहन बाँनियाले कर्णाली करिडोरलाई द्रूत गतिमा अगाडि बढाउन आग्रह गरे । सांसद मोहनप्रसाद पाण्डेले पाल्पाका विभिन्न स्थानमा सडक निर्माण कार्यलाई जतिसक्दो चाँडो अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए ।

 सांसद यशोधा गुरुङ सुवेदीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र सरकारबीच भएको तीनबुँदे सहमति कार्यान्वयनका निम्ति सरकारको ध्यानाकर्षण गराए । सांसद रामवीर मानन्धरले संसद्मा शून्य समयमा सांसदहरुले बोलेका विषय कार्यान्वयन हुनुपर्छ भने । सांसद रेणुका गुरुङले आफूमाथि असुरक्षा बढ्दै गएको भन्दै सरकारसँग सुरक्षाको माग गरे । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  २ : ३८ बजे

वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्र छपाइ हुने

काठमाडौं– आगामी वैशाखदेखि सबै प्रदेशबाट सवारी चालक अनुमतिपत्रको छपाइ हुने

परराष्ट्रमन्त्री भन्छिन्- विदेशमा नेपालीको समस्या बढ्दा हाम्रो काम ‘रेस्क्यु’ गर्ने मात्रै भयो

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो अधिवेशन आगामी चैतमा

काठमाडौं– नेपाल उद्योग तथा व्यवसायी महासङ्घले आगामी चैत ८ र

शान्ति सम्झौता भएन भने युक्रेनी नेता संकटमा : ट्रम्प

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष

प्रचण्डले भने- जनताले पाएका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो

कैलाली– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको नेतृत्व