अहिलेको बजेट कृषिमा केन्द्रित छ : अर्थमन्त्री शर्मा « Khabarhub

अहिलेको बजेट कृषिमा केन्द्रित छ : अर्थमन्त्री शर्मा


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उद्देश्यका साथ बजेट ल्याइएको बताएका छन् ।

३० औँ  किसान सहिद दिवस तथा ६९ औँ भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगायतका योजनाहरू बजेटमार्फत ल्याइएको समेत बताए ।

आजको राष्ट्रियता भनेको सबल र आत्म निर्भर अर्थतन्त्र भएको भन्दै उनले उत्पादन क्षेत्रमा लाग्न आह्वान गरे। उनले आत्मनिर्भर हुनका लागि भूमिहीनहरूलाई जमिन उपलब्ध गराउने, पुँजी नहुनेहरूलाई पुँजी उपलब्ध गराउने, औजार नहुनेलाई औजार उपलब्ध गराउँदै र श्रमिकहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै उनले भने अहिलेको बजेट कृषिमा केन्द्रित रहेको बताए। मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सबलीकरण गर्न सबै पक्षबिच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थिए।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : १७ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ