जिल्ला अस्पतालले पाएन कोरोना सङ्क्रमितको उपचार खर्च   | Khabarhub Khabarhub

जिल्ला अस्पतालले पाएन कोरोना सङ्क्रमितको उपचार खर्च  


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला अस्पताल लमजुङले कोरोना सङ्क्रमितको उपचार खर्च नपाएको जनाएको छ । गण्डकी प्रदेश सरकारले उपलब्ध गराउने भनी सम्झौता गरेको पनि हालसम्म रकम उपलब्ध नभएको जिल्ला अस्पताल लमजुङका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । 

जिल्ला अस्पताल लमजुङले महामारी सुरु भएदेखि हालसम्म पाँच सय ६९ जनाले उपचार गरेको छ । उपचार गराएका सङ्क्रमितहरूको कूल रकम एक करोड ४१ लाख ७१ हजार पाँच सयमध्ये ५० लाख ७८ हजार पाँच सय भुक्तानी भए पनि ९० लाख ९३ हजार रकम नपाएको अस्पतालको भनाइ छ । 

सम्झौता अनुसार सरकारले प्रत्येक महिना सोधभर्ना भुक्तानी गर्नु पर्नेछ । कोभिड सङ्क्रमितको उपचार खर्च संघीय सरकारले उपलब्ध गराउने भनेपछि जिल्ला अस्पताल लमजुङ, गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयबीच कोभिड–१९ संक्रमित बिरामीको उपचार र व्यवस्थापनका लागि अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने विषयमा सम्झौता भएको थियो । 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : १४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका