हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार : मन्त्री खापुङ « Khabarhub

हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार : मन्त्री खापुङ


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बच्चालाई आमाको स्तनपान गराउन शिक्षित वर्गले नै बेवास्ता गरिरहेको बताएका छन्।

विश्व स्तनपान सप्ताहका अवसरमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएको भन्दै उनीहरूको अधिकार हनन गर्न नहुने पनि बताए।

उनले धेरै स्वास्थ्य संस्थाहरूले पनि स्तन पानको विषयमा विभिन्न कार्यक्रमहरू ल्याउने गरे पनि प्रभावकारी हुन नसकेको धारणा राखे। स्तनपान गराउनेको संख्या कर्णाली प्रदेशमा धेरै देखिएको र बागमती प्रदेशमा स्तनपान गराउनेको संख्या कम देखिएको उनले बताए । उनले स्तनपान कम गराउने कारण पत्ता लगाई प्रभावकारी गराउनुपर्ने बताए।

विश्व स्तनपान सप्ताहका अवसरमा उक्त अस्पतालमा बेबी मिल्क बैंक स्थापना गरिएको छ । जन्मेदेखि ६ महिना सम्मका शिशुलाई अनिवार्य रूपमा आमाको दूध मात्रै खुवाउनुपर्ने भएकाले प्रशस्त दूध आउने आमाको दूध संरक्षण गरेर राख्न बेबी मिल्क बैंक स्थापना गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ३ : ४१ बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ